काठमाडौँ । शनिबार विश्वभर नै विश्व खाद्य दिवस मनाइदैँ छ। ‘स्वस्थ्य भविष्यका लागि सुरक्षित खाना’ भन्ने नाराका साथ शनिबार संसारभर ४१ औँ विश्व खाद्य दिवस मनाइन लागेको हो। खाद्यन्न संकट तथा भोकमारी विरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर विश्व खाद्यान्न दिवस मनाइन्छ।
सन् १९८१ देखि मनाउन थालिएको यो दिवस प्रत्येक वर्षको १६ अक्टोबरमा मनाइने गरिन्छ। संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्रले पारित गरेसँगै यो दिवस मनाउन थालिएको हो। खाद्य तथा कृषि संगठनको स्थापना दिवसका अवसर पारेर विश्व खाद्य दिवस मनाउन थालिएको हो।
खाद्य दिवस मनाउँदै गर्दा खाद्यान्न संकट विश्वै समस्याका रुपमा देखा परेको छ। खाद्य अभाव भोगिरहेका अधिकाशं देशका सरकार कमजोर छन्। विभिन्न तथ्यांकले पनि खाद्यन्न संकट भएका देशमा आन्दोलन र द्वन्द्वन्का घटना अन्य देशको तुलनामा बढी हुने देखिएको छ।
विश्वका धेरै देशमा खाद्य सुरक्षा सम्बन्धिमा प्रयाप्त ध्यान नजाँदा त्यसले भयानक समस्या निम्त्याएको छ। बढ्दो जनसंख्या, जमिन र सिँचाईको अभाव खाद्य संकटका मुख्य कारण भएको यस क्षेत्रसम्बन्ध विज्ञहरु बताउँछन्। यस्तै मानिसमा आएको खानपानको परिवर्तन, खाद्यान्न उब्जनी हुने पकेट क्षेत्रमा खडेरी र पल्टिङ खाद्य संकटको अर्काे कारणका रुपमा देखिएको छन्।
खाद्यान्न निर्यात गर्नेभन्दा आयात गर्ने देशको संख्या वृद्धि हुँदा पनि थप समस्या उत्पन्न भएको बताइन्छ। जलवायु परिर्वतनको समस्या बढ्दै जाँदा आगामी दिनमा खाद्य संकट विकराल हुन सक्ने अनुमान गरिन्छ।
खाद्यान्नको महत्व युद्ध वा राष्ट्रिय संकटका समयमा अझै बढी हुन्छ। नेपामला २०७२ मा आएको भूकम्पपछिका केही महीना खाद्यान्न वितरणमा दातृ निकायले नै कुहिएको चामल बाँडेका थिए। राष्ट्रिय सुरक्षाका निम्ति पनि खाद्य सुरक्षालाई एक महत्वपूर्ण तत्वको रुपमा लिइन्छ।
खाद्य सुरक्षा विना राष्ट्रिय सुरक्षाको कल्पना गर्न नसकिने बताउँछन् प्रध्यापक डा. जयराज आचार्य। “कूटनीतिको एक अभिन्न अंग खाद्यान्न हो, कुनै पनि देशको कूटनीति तबसम्म सवल हुँदैन, जबसम्म त्यो देश खाद्यान्नमा आत्मनिर्भर हुँदैन,” भन्छन् प्रध्यापक डा. आचार्य।
परराष्ट्र नीतिको मूल चुनौती नै राष्ट्रिय सुरक्षाको सम्बद्र्धन गर्नु हो, राष्ट्रको सुरक्षा भनेको सीमा सुरक्षा मात्रै नभएर मानिसलाई दैनिक आवश्यक पर्ने खाद्यान्नको सुरक्षा पनि भएको प्रध्यापक डा. आचार्य बताउँछन्।
आचार्य भन्छन्, “खाद्यानन सुरक्षाविना राष्ट्रको आन्तरिक सुरक्षा सबल हुन सक्दैन। परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीति तर्जुमा गर्दा खाद्यान्न सुरक्षाको विषयलाई पनि ध्यान दिनुपर्छ।”
अमेरिकी सहयोग संस्था यूएसएडका अनुसार ‘स्वास्थ्य जीवनका लागि पोषणयुक्त पर्याप्त खानामा भौतिक र आर्थिक पहुँच हुनु नै खाद्य सुरक्षा हो।’
नेपाल खाद्यान्न निर्यातभन्दा आयातमा निर्भर रहेको राष्ट्रिय व्यवसाय प्रवद्र्धन विभागको तथ्यांकले देखाउँछ। २०७६÷७७ मा मात्रै नेपालले करिब ३ सय २५ बिलियन डलर बराबरको कृषिजन्य समाग्रीको आयात गरेको थियो। भने, सोही अवधिमा नेपालको कुल आयत अघिल्लो वर्षको तुलनामा २८ दशमलव ६६ प्रतिशतले वृद्धि भई १ दशमलव ५३ ट्रिलियन पुगेको थियो।
गएको दश दशकमा मात्रै पाँच प्रतिशत जनताको अधीनमा रहेको करिब ३० हजार ८ सय ४५ हेक्टर जमिन बाँझो रहेको राष्ट्रिय तथ्यांक विभागको तथ्यांकले देखाउँछ। खेती योग्य जमिन बाँझो हुने क्रम बढ्दै जाँदा खाद्यान्न निर्यात गर्ने देशबाट नेपाल हाल आयात गर्ने देशमा रुपान्तरणको भएको छ।
खेती गर्ने मानिसको कमीका साथ जलवायु परिर्वतन पनि यसको कारण भएको तथ्यांक विभाग बताउँछ। नेपालको खेती योग्य जमिनको (७६ प्रतिशत) अनियमित वर्षाका कारण प्रभावित हुने गरेको विभागलको तथ्यांक छ।
नेपालका पहाडी क्षेत्रमा जाडोयाममा खासै उब्जनी हुँदैन। त्यसको मुख्य कारण पर्याप्त वर्षा नहुनुलाई लिइन्छ। त्यस्तै नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको चपेटामा पर्दा नेपालमा खाद्यान्न संकट निम्तिन सक्ने सभ्भावनालाई नकार्न सकिँदैन।
राष्ट्रिय तथ्यांक विभाग र राष्ट्रिय व्यवसाय प्रवद्र्धन विभाग भन्छ, ‘नेपालको कुल खेतीयोग्य जमिनमा भएको उत्पादनले मात्रै नेपालको खाद्य सुरक्षालाई धान्न सक्ने अवस्था छैन।’
खाद्य गुणस्तर तथा प्रविधि विभागका अधिकारी भने नेपालको खाद्य सुरक्षाको अवस्था चिन्ताजनक अवस्थामा रहेको विषयलाई स्वीकार गर्दैनन्। भन्छन्, “नेपालको खाद्य सुरक्षाको अवस्था राम्रो छ। मानिसको आफ्नो चाहना अनुसारको खाद्यान्न बाहिरी देशबाट मगाउँछन्, त्यसले मात्रै देशको खाद्य सुरक्षाको अवस्था राम्रो नभएको भन्न मिल्दैन।” खाद्यान्न निर्यात गर्ने मानिसको व्यक्तिगत चाहना भएकाले राज्यले त्यसलाई रोक्न नसक्ने ती अधिकारी बताउँछन्।
विश्व भोकमारी सूचकांक २०२० अनुसार नेपाल १ सय ५३ देशमध्य ७३ औँ स्थानमा रहेको छ।
दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेशभन्दा नेपालको अवस्था राम्रो रहेको छ। यद्यपि, नेपालमा बढ्दो खाद्यान्न आयातको विवरणले नेपाल खाद्य संकटतिर जाँदै त छैन भन्ने प्रश्न उब्जाएको छ।