आईपीएलको उपाधि चेन्नईलाई

नेपालभ्युज

आईपीएलको उपाधि चेन्नईलाई

काठमाडौँ । दुबईमा भएको १४ औँ संस्करणको आईपीएलको उपाधि चेन्नईले जितेको छ। उपाधि भिड्न्तमा कोलकत्ता नाईड राईड्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो।

टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको कोलकत्ताले प्राप्त गरेको १ सय ९३ रनको लक्ष्य पुरा गर्न नसक्दा चेन्नई विजयी भयो। कोलकत्ताले पुरा २० ओबर खोल्दै ५ विकेटको क्ष्तिमा १ सय ६५ रन मात्र जोड्न सकेको थियो।

कोलकत्ताका ओपनर सुमन गिल र वैङकटेस अयैरले पहिलो विकटेका लागि ९१ रनको साझेदारी गरे पनि त्यसपछिका ब्यास्ट्स म्यान चल्न सक्दा तेस्रो पटक आईपीएलको उपाधि जित्ने कोलकत्ताकोे प्रयास असफल भएको हो।

दक्षिण अफ्रिकी ब्यास्टस् म्यान फ्याप डुप्लेसीको आक्रमक ब्याटिङको मद्दतले चेन्नई सुपर किङस्ले कोलकत्ता नाईट राइर्डस् विरुद्ध १ सय ९२ रन जोडेसँगै कोलकत्ताले १ सय ९३ रनको लक्ष्य पाएको थियो। उपाधि भिड्न्तका लागि भएको आजको खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको कोलकत्ताका बलर प्रभावकारी हुन नसक्दा चेन्नईले चुनौती पूर्ण लक्ष्य दिएको थियो।

कोलकत्ताका स्पिनर सुनिल नारायन बाहेकका बलर चल्न नसक्दा पहिलो इनिङको खेल समाप्तिसम्म चेन्नईले उपाधि सहजै जितेको हो। नारायनले ओपर ऋतुराज गायक्वाडलाई व्यक्तिगत ३२ रनमा हुँदा पेविलियनको बाटो देखाएका थिए। ४ ओबर बलिङ गर्दै २६ रन खर्चिदै नारायनले २ विकेट लिएका थिए। यस्तै उनले चेन्नईका अर्का ब्यास्ट्स म्यान रोविन उथप्पाललाई पनि आउट गरे। व्यक्तिगत ३१ रन जोड्दा उथप्पा नारायनको बलमा एलवी डब्लुको धरापमा परेका थिए।

पहिलो विकटे ६१ रनमा गुमाएका चेन्नईले दोस्रो विकेट भने एक सय २४ रनमा गुमाएको थियो। त्यसपछि आएका मोइन अली र डुप्लेसीको जोडीले चेन्नईको ब्याटिङ समाल्दा डुप्लेसी व्यक्तिगत ८६ रनमा आउट हुँदा अली भने नट आउट रहेका थिए।

यस्तै चेन्नईका प्रारम्भिक ब्यास्ट्स म्यान गायक्वाड यो संस्करणको आईपीएलको सर्वाधिक रन बनाउने खेलाडी भएका छन्। शुक्रबारको खेलमा ३२ रन जोड्दै उनले आफ्नो व्यक्तिगत रन ६ सय ३५ पुर्याएका छन्। यसअघि ६ सय २६ रन सहित तालिकाको अग्रस्थानमा रहेका दिल्ली क्यापिटलका शिखर धवन भने तेस्रो स्थानमा झरेका छन्।

गायक्वाड पहिलो स्थानमा उक्लिदा चन्नईका अर्का ब्यास्ट्स म्यान डुप्लेसी दोस्रो स्थानमा उक्लिएका छन्। उनको यो संस्करणमा ६ सय ३३ रन बनाएका छन्। शीर्ष स्थानमा उक्लिन मात्र दुई रन आवश्यक हुँदा उनी १९ अबरको अन्तिम बलमा आउट भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved