विप्लव समूहका नेता वीरजंगको निधन

नेपालभ्युज

विप्लव समूहका नेता वीरजंगको निधन

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य चन्द्र बहादुर चन्द वीरजंगको निधन भएको छ। नेकपाका प्रवक्ता प्रकाण्डले शोक वक्तव्य निकाल्दै वीरजंगको बिहीबार राति ९ बजे भारतको म्याक्स अस्पतालमा उपचारका क्रममा निधन भएको जनाएका छन्।

वीरजंगको शव कपिलवस्तु जिल्लाको शिवगढी ल्याएर शनिबार दाहसंस्कार गरिने वक्तव्यमा जनाइएको छ।

वीरजंगको निधनको शोकमा नेकपाले तीन दिन (२९, ३० र ३१ गते) पार्टीको झण्डालाई आधा झुकाउने निर्णय गरेको छ।

वीरजंगले सशस्त्र जनयुद्धको बेला तत्कालीन माओवादीको तर्फबाट पर्वत र बागलुङको इन्चार्जको जिम्मेवारी सम्हालेका थिए।

सरकारसँग असन्तुष्ट विप्लव समूहलाई सरकारले प्रतिवन्ध लगाएपछि पक्राउ परेका उनी कारागारमै पनि पटक पटक अस्वस्थ भएर अस्पताल भर्ना भएका थिए। गत बैशाखमा मात्र कारागारमुक्त भएका उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्याले ग्रसित थिए।

६१ वर्षीय वीरजंग नेकपा महासचिव विप्लवका सहोदर दाजु हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved