पुराना कथा

गुनकेसरी

सुभद्राको मनमा कुरा लाग्यो–विहा किन गर्नुपर्ने ? यतिको दुःख, यतिको अपमान, यतिको परविवशता…! इत्यादि–इत्यादि।’ जिनो काढेर गुनकेसरीले धेरै कुरा भनी। कुन्नि के के! देशाचार, कुलाचार, बाबु, आमा, इज्जत, मर्यादाका कुरा !

नेपालभ्युज

गुनकेसरी

एउटी ’गुनकेसरी’, एउटी उसकी बहिनी ’सुभद्रा’, एउटा युवक ’विजय’।

मुख्य यिनै तीन छन्।

गुनकेसरी र सुभद्राका दुईटा पतिहरू पनि छन्; तर के तिनीहरू पनि मुख्य छन् ? मुख्य… मुख्य होइन; मुख्य को रूपमा गौण, प्रत्यक्षका रूपमा नगण्य। ठीक उस्तै, जस्तो ऐनामा प्रतिविम्बित कुनै स्पष्ट चेहरा बोलि पनि रहेको, चियाइ पनि रहेको; किन्तु विलफुल फजूल, किन्तु जसको अस्तित्व केवल ऐनाको अगाडि उभिएको आकार नै छ, अर्थात ठीक त्यस्तै, जस्तो गुनकेसरी र उसकी बहिनी सुभद्राको आकार, अस्तित्व नै उनीहरूका पतिहरू छन्।

कथा–परिचय यत्ति नै हो।

गुनकेसरी एउटी बेहद भावुक केटी। केटाकेटीको उमेर अन्जानमै बित्यो। बैंस प्राप्त गरेर उसमा सबभन्दा ठूलो ममता त पहिले आफ्नै तिर उम्ल्यो। उसले पहिले आफ्नै आदर गर्न लागी – ऊ सुन्दर थिई, कोमल थिई, मनोहर थिई र ऊ जान्ने थिई, ऊ दयावान् थिई, ऊ भलाद्मी थिई; ऊ अत्यन्त उदार, भद्र, सोझी, भोला हृदयकी थिई; यसैले उसलाई आदर गर्नुपर्ने हो, उसलाई श्रद्धा दिनुपर्ने हो। ऊ कसैलाई केही गरेर दुःख दिन चाहन्नथी, कसैसित कुनै लाभ उठाउन चाहन्नथी, कसैको विगार्न चाहाथी र सके देखि सबैको उपकार गर्न चाहन्थी। कुनै लुकाउ–छिपाउको कुरा उसमा कहाँ थियो? स्वयंभित्र कुनै सन्दिग्धता उसले कहीं पनि राखिछोड़ेकी त थिईन ! यसलै ऊ आफूलाई अत्यन्त खरो सम्झन्थी; कसैसित नम्र हुनु, दन्नु किन ? यतिमात्र होइन, ऊ हरेक तवरले सुरुचिसम्पन्न थिई। एकदम सफासुग्घर रहेर बस्न मन पराउँथी। कसैसित ढेस्सिएर नबस्नु, कसको जड़ाउरी जतिसुकै सफा भएपनि नछुनु कसैलाई आफ्नो कुनै थोक चलाउन नदिनु , सबै करालाई शृंखलामा ठीकठाक पारेर राख्नु नै उसको जीवन थियाे। कतैतिरबाट उसले आफुलाई अपूर्ण कहाँ राखेकी थिई र ?

आफूलाई यत्तिको प्रादर, ममता, श्रद्धा, पूजा दिएर स्वयंपूजित गुनकेसरी थिई, उसको बैंस थियो। गुनकेसरीको कथामा उसकी बहिनी सुभद्रा अवश्य थिई; किनभने उसलाई ऊ माया गर्थी। उसले बुझेकी थिई बहिनीलाई ऊ चोपट्टै माया गर्दी रहिछ। उसलाई थाहा थियो, उसलाई राम्ररी ज्ञान थियो– बहिनी सुभद्रालाई बहिनी मानेर, शास्त्रमा लेखेकै जस्तो उसले माया गरेर ऊ अधिक ठूली, दुनियाँको भन्दा विशेष प्रकारकी दिदी छे। सुभद्राको सौभाग्य हो, यत्तिको माया गुनकेसरीवाट उसले प्राप्त गरेकी छे; जसमा अलिकति पनि कमी छैन, अलिकति पनि अनादर्श छैन र अलिकति पनि शास्त्रविरुद्धता, असंगति छैन।

यस कुराको एउटा खास परिणाम के निस्क्यो भने केटी माग्न आउनेले, दिदी छंदाउँदै बहिनीलाई रुचायो। तरुणी हुन गएकी दुवै दिदी–बहिनीका बाबु आमा मनमनै आत्तिरहेका थिए। केटीको माग (डिमान्ड) आएपछि चाहे बहिनी, चाहे दिदी, कसलाई खस्काउनु नै बेस बुझेर सुभद्राकै बिहा स्वीकार गरिहाले।

यस कुराको एउटा प्रमाण पनि छ। गुनकेसरी र सुभद्राको उमेरमा केवल दुई वर्षको मात्र फरक रहेकोले दुवै एक किसिमका देखिन्थे। अलि फरक केही थियो भने, गुनकेसरीले चाहिं आफ्नो बुद्धिले एकदम प्रौढ़ताको भाव आफ्नो अनु–हारमा सँगालिराखेकी थिई र आफ्नो दुई वर्षमात्रको फरकलाई दश वर्षको मैं  बढ्ता तुल्याएर आफ्नो नारीको स्वाभाविक कमनीयता, प्राकृतिक लचकोपना, सहज कोमलतालाई नै उड़ाइदिएकी थिई। अर्थात् उसमा भएको उमेर र शरीरको स्वाभाविक कोमलता पनि, अस्वाभाविक देखिन्थ्यो; मानो गुनकेसरी र त्यसको कोमलतामा परस्पर कुनै नाता, सामञ्जस्य थिएन। यसको विपरीत उसकी बहिनी सुभद्राले त्यस दुई वर्षको उमेरको कमीलाई झन् दश वर्षको कमी बनाएर आफ्नो प्राङआङमा नारीसुलभ कमनीयता सँगालिराखेकी थिई।

यस कुराको एउटा खास परिणाम के निस्क्यो भने केटी माग्न आउनेले, दिदी छंदाउँदै बहिनीलाई रुचायो। तरुणी हुन गएकी दुवै दिदी–बहिनीका बाबु आमा मनमनै आत्तिरहेका थिए। केटीको माग (डिमान्ड) आएपछि चाहे बहिनी, चाहे दिदी, कसलाई खस्काउनु नै बेस बुझेर सुभद्राकै बिहा स्वीकार गरिहाले।

तर यस कुरामा, यस पटनामा गुनकेसरीलाई अलिकति पनि धक्का लागेन। धक्काको त के कुरा, उसको मन अलिकति खुम्चन पनि खुम्बन। मानो कुनै विचारणीय कुरा गुनकेसरी नारीको लागि त्यहाँ थिएन, मानो उसको अन्तरकी नारीले यस कुरामा अलिकति अपमानपर्यन्त उपलब्ध गर्न सकिन, जुनचाहि हुनु नै पर्ने हो। गुनकेसरीले सम्पूर्णतः सावित गरी उस्त्री भन्दा बाबुकी, आमाकी छोरी बढ्ता हो, ऊ नारीभन्दा सुभद्राकी दिदी अधिक हो।

सुभद्राको मनमा कुरा लाग्यो–विहा किन गर्नुपर्ने ? यतिको दुःख, यतिको अपमान, यतिको परविवशता…! इत्यादि–इत्यादि।’

जिनो काढेर गुनकेसरीले धेरै कुरा भनी। कुन्नि के के! देशाचार, कुलाचार, बाबु, आमा, इज्जत, मर्यादाका कुरा !

साथै यो पनि दर्शाउन बाँकी राखिन ’तिमी बहिनीको लागि यस्तो सुअवसर आइदिएकोले मलाई कत्तिको प्रसन्नता छ, यो कुरा बुझ्न कसरी सक्छ्यौ ! अझ केटाकेटीको उमेर !’

अनि सुभद्राको बिहा भयो। त्यो लोग्नेको घर गएपछि गुनकेसरीलाई दुःखले खानपीनपर्यन्त केही दिनसम्म छोडिदिनपर्यो ; र धेरै दिनसम्म त्यो विरामी पनि भई। गुनकेसरी कत्तिको माया गर्थी बहिनी सुभद्रालाई ! त्यसपछि बहिनीको वरावर  हेरचाह गर्ने, उसकहाँ बराबर मानिस पठाइरहने, उपहार र खाने चीजवीज पठाउँदै गरेर उसले, दिदीले बहिनीप्रति गर्नुपर्ने, सबै थोक पुर्याएकी थिई।

यस्तरी श्रमपूर्वक अन्तर बुझर बुद्धिको उपयोग गरी वाह्यलाई सर्वथा पूरापारी गुनकेसरीले ’दिदी’ भएको पक्का, प्रमाणपूर्ण आदर्श स्थापित गरेकी थिई। तर यस घटनाले माथि परिचयमा नाउँ लेखिएको कुन्नि कताको एउटा युवक ’विजय’ भन्ने पनि सम्बद्धित हुन पायो। कुरालाई अलि स्पष्ट नपारे, काममात्र सँगाल्ने गुनकेसरीभित्र बिलकुल बेकामको वस्तुको स्थान सफा हुँदैन।

गुनकेसरीले आफूलाई आफ्नो अपार बुद्धिमा हराइदिए पनि, गुनकेसरीभित्र उसकी ’नारी’ त अवश्य थिई ! यद्यपि आफ्नो बुद्धिमानीको चाह र कर्तव्य शीलताको तीक्ष्णतालाई नै समातेर उसले त्यस नारीको दर्शन कहिल्यै पनि गर्दै गरेकी थिईन। तैपनि गुनकेसरी स्त्री थिई, उसभित्र स्त्रीत्व पनि किन नहुनु ? सुभद्राको बिहा भयो। गुनकेसरी चाहिँ स्वयं त्यस केटी माग्नेको चुनावमा आइन।

यो कुरा गुनकेसरीले केही नमाने पनि उसभित्रकी एकदम टाढाकी (गुनकेसरीले अत्यन्त क्षीण, मृतप्राय पारिराखेकी) नारीले सहन सकिन, यस अपमानलाई , स्वीकार गर्न सकिन। अनि, प्रतिक्रियामा दुई कुरा आए। एउटा ’प्रधान’ र एउटा त्यही प्रधान अप्रत्यक्ष रूपले उसमा एउटा घोर घृणा संचित हुन गयो; र यस प्रधानको चाहनास्वरूप ’गौण–प्रत्यक्ष’ मा कुनै पुरुषकाे आवश्यकता। तर यी दुवै कुरा एकदम भित्री थिए। गुनकेसरीमै भए पनि उसको बुद्धिलाई यिनीहरूको पत्ता थिएन। प्रतिफलित भएको कथा–प्रवाहमा ’विजय’ पाएको कुरा त अझै किसिम–को छ। यो त वास्तविकताको स्पष्टीकरणमात्र हो; र यसलाई बिसिदिए पनि हुन्छ।

सुभद्राको विहा भयो। गुनकेसरी एक्लै रहेर केही दिनसम्म बहिनीको बिछोडमा विरामी पनि भई। निको भएपछि उसलाई अत्यन्त सूनोपना विझ्न थाल्यो। अनि उसले दुई–चार कामको वृद्धि गरी। धेरैजसो समय त बाबुआमाको चाकरी, त्यसपछि घरमा आइलागेका जम्मै कामकाजको उचित शृङ्खला, सबै थोकको हिसाब–किताव, पाए–गएका, नातागोताका, आश्रित–अतिथिहरूको सम्मान गर्नु, ख्वाउनु, बसाल्नु इत्यादि उसले आफ्नै टाउकोमा बोकी। यसबाहेक फुर्सत भएको बेलामा पनि अलि–अलि संगीत सिक्ने र आजकालको युगमा साहित्य भन्ने कुरा पनि एउटा मुख्य वस्तु भएकोले मासिकपत्र, पत्र–पत्रिका, उपन्यास–कथा, कविता–समालोचनापट्टि पनि ध्यान दिन थाली। तैपनि गुनकेसरीभित्र सुभद्रा गएकै दिनदेखि कुन्नि कस्तो एउटा अज्ञात क्षोभ र कुन्नि कस्तो एउटा रित्तोझै लागिरहेको कुराको पूर्ति भएन। एउटा महान् सूनोपना, एउटा कुनै नराम्रो विरसता यस्तरी विझिरहेको थियो जसबाट एक छिनको निम्ति पनि त्यसले छुट्टी पाइन।

एउटा अरू पनि अज्ञात चेतना उसभित्र काम गरिरहेको थियो। सुभद्राको लोग्नेतिरबाट कुन्नि किन एउटा यस्तो अलक्षित घृणा उसभित्र दगुरिरहेको थियो, जसको पत्ता त उसलाई थिएन, किन्तु त्यसको प्रभाव उसमा अवश्य थियो। यसले गर्दा उसको मूलगत वाह्य स्वभावमा सुरुचिको रूप धारण गरेर घृणा नै चरितार्थ भैरहेको थियो। अर्थात् ’ऊ कसैसित बस्न चाहन्नथी र जतिसुकै सफाभए पनि, कसको लुगासुगा छुनपर्यन्तमा उसलाई नराम्रो लाग्थ्यो…..इत्यादि।

यसै अवस्थामा एक दिन उसको कुनै नाता–साइनो पर्ने एउटा युवक ’विजय’ भन्नेसित उसको भेट, परिचय भयो। त्यस परिचयको आवश्यकतानिम्ति गुनकेसरीले उसको आादर–सत्कारमा कमी राखिन; र यही आदर–सत्कारक माध्यमद्वारा गुनकेसरीमा भएका सबै गुण, सबै सुरुचि, सर्व विचार, ध्येयहरूको उच्चता, आदर्श इत्यादि पनि विस्तार–विस्तार कुन्नि कसरी प्रदर्शित हुन गए। आफ्नो शअपारको बुद्धि–बल र अतिको कार्य–दक्षताले गर्दा विजयमाथि गुनकेसरीको मर्यादा स्थापित नभइछोड़ेन। त्यसको भक्त हुन गयो विजय। गुनकेसरीको एकेक अणुमा, एकेक कार्यमा उसलाई कुनै अलौकिक सौन्दर्य देखिनथाल्यो; र गुनकेसरीमा, उसको शरीरलाई स्पर्श गरेको वायुपर्यन्तमा विजयको आदर, विजयको भक्ति स्थापित हुन गयो।

म पनि भन्दछु – आफूलाई यत्तिको अनुशासनमा राखेर चलाउन सक्ने गुनकेसरी निश्चयतः पादर, श्रद्धा, भक्तिकी पात्र थिई। गुनकेसरीको परिचयमा आएर उसलाई आदर नगर्ने जीव मनुष्य त हुन सक्तैन, निर्बुद्धि पशु भए अकै कुरा। किताबहरूमा गुनकेसरीले पढेकी थिई – ’नारी ; उसलाई माया गर्ने र उसले माया गर्नुपर्ने कोही हुनुपर्दछ। माया गर्नु नारीको स्वभाव हो।

’के विजयलाई माया गर्न सकिदैन ? किन नसक्ने ? आफूलाई यत्तिको प्रादरको दृष्टिले हेर्ने, आफूले भनेको, चाहेको सबैथोक आँखा चिम्लेर मानिदिने, आफूलाई गुनकेसरीभित्र मिसाइदिने विजयलाई किन प्यार गर्न सकिंदैन ?’तर दुःखको कुरा गुनकेसरीभित्रको यस संचेतनालाई उसले मान्नुको त के कुरा, बुझ्नपर्यन्त पनि चाहिन। तलबाट माथिसम्म, भित्रबाट बाहिरसम्म, अनुभूतिबाट उसको बुद्धिसम्म बुझ्ने–नवुझ्ने यो प्रेरणा नै पुगेन। ऊ चारैतिरबाट शुद्ध थिई, ऊ चारैतिरबाट पूर्ण थिई। कुनै एउटा ’शुद्ध’, एउटै ’पूर्ण“–ले यसले – उसमा स्थान पाएन।

गुनकेसरीको ज्ञानमा, कर्तव्यशीलतामा, सम्पूर्णतामा त्यही, माथिको, गुनकेसरीले जानेको एउटा कुरा आयो – ’नारी; उसलाई माया गर्ने र उसले माया गर्नुपर्ने कोही हुनुपर्छ।’ अनि, गुनकेसरीले ज्ञानपूर्वक विजयलाई माया गर्न थाली र विजयले गरेको माया जस्तो, जत्तिको भए पनि आफ्नो ज्ञानकै परिधिभित्र ग्रहण पनि गर्न थाली। यस मायाभित्र गुनकेसरीले किताबमा पढेको झै भावहरूका आदान–प्रदान, मोह–ममता, उच्च प्रकारका आदर–पदा सबै थोक पाए। आफ्ना हिसाब–किताबभित्र सबै ’शुद्ध’ र गुनकेसरीको पूर्णता भित्र सबै सद्’! विजयले पोख्यो मेरी’ गुनकेसरी, मेरी ’गुन्’, मेरी ’गुन’ ! विजयले बतायो ’कर्तव्यनिष्ठ विजयका सारा कर्तव्य, कर्मनिष्ठ विजयका सारा कर्म,त्यागशील विजयका सारा त्याग र मनुष्य विजयको समस्त चीसो समर्पण, उत्सगं, मोह, प्यारकी एकमात्र अधिकारिणी त्यही गुनकेसरी हो। त्यही उसको लक्ष्यको प्रतीक, त्यही उसको चाराधना–केन्द्र, त्यही उसको समस्त प्राप्तिको उत्कृष्ट सृजना सबै त्यही हो– उसको हृदयक्षेत्रकी एकच्छन साम्राज्ञी !’

विजयका यी सबै पोखाइ, सर्व भनाइहरूले दुई किसिमले ठाउँ पाए (१) कुनै कामको नभए पनि काममा लगाएको, (२) काम लाग्ने नै भएर काममा लागेको ! अर्थात् – कतै पनि नदब्ने, कतै पनि नहोचिइने, कतै पनि लड्ने, दगुर्ने, उभिनेझै अस्तव्यस्त नरहेर सुसम्बद्ध, मर्यादित, एकनासे, परिपूर्ण नै रहने गुनकेसरीले विजयको त्यो भनाइ, त्यो पोखाइलाई काममा लगाएकी थिई ’विजयले प्रादर गरेको छ, विजयले मलाई श्रद्धा गरेको छ; विजयले मलाई कति ठूलो ठानेको छ ! र उ…ऊ मलाई माया पनि गर्छ। त्यो आफ्नो हो, नातादार हो, माफन्त हो; माया किन नगर्ने ! इत्यादि।’ अर्कातिर गुनकेसरीभित्रको अत्यन्त टाढाकी नारी, जसले केटी छान्ने वखतमा गुनकेसरीको ठाउँमा सुभद्रालाई छानेकोले सहन नसकेर तीखो अपमानको वोध प्राप्त गरेकी थिई, उसमा विजयको त्यो भनाइ, त्यो पोखाइ अत्यन्त अलभ्य प्राप्तिझै काममा लाग्न आएका थिए – ’मेरी’ गुनकेसरी, मेरी ’गुन’, मेरी ‘गुन’ इत्यादि। यी सबैले उसको कुनै अत्यन्त कोमल स्थानलाई सुम्सुम्याएका थिए; विजयका त्याग, समर्पण, उत्सगंहरूले उसमा प्राण छर्केका थिए; विजयले उसलाई आफ्नो लक्ष्य, प्रतीक, आराप्य, साध्य बनाइदिदा विजय स्वयम् नै उसमा टास्सिन गएको थियो।यस्तरी त्यहाँ विजयका सबै थोक राम्ररी काम लाग्ने भएर काममा लाग्न गएका थिए।

सुभद्राको एउटा पत्र आयो – ’ऊ रामरी, सुखपूर्वका र सुविस्तासित छे। उसका लोग्ने सलाई पहिल्यै, केही पनि भन्दैनन्, रिसाउँदैनन्। फेरि उनी अत्यन्त समझदार, दयावान, उदार हृदय, गोमा छन्। गुभद्रा उनलाई स्वामीको रूपमा वरण गर्न पाएर एउटी गृहणी हुन एकी र केही दिनपछि आामा पनि हुन्छे।’

पत्र पढ़ेर दिनभरि त्यो अत्यन्त प्रसन्न थिई। आामासित, चिनजानकाहरूसित,छिमेकीहरूसित पनि सुभद्राको सुख, सौभाग्यको बखान गर्दै हिड़ी।

तर राति सुत्ने बेलामा एउटा कुन्नि कस्तो अज्ञात प्रभाव उसको हृदयमा घुम्न थाल्यो। एउटा अनौठो किसिमको क्षोभले ऊ अस्त हुन लागी। धेरै वेर–सम्म ऊ निदाउन सकिन। भित्तामा सुभद्रा र उसको लोग्नेसमेतको एउटा फोटोटांगिराखेको थियो, त्यसमा उसको दृष्टि वारंवार पर्दथ्यो। एकाएक पोछ्यान–वाट जुरुक्क उठी त्यो फोटो झिकेर कोठाबाहिर एउटा कुनामा घुसारिदिई। अनिसुभद्राको पत्रको उत्तर लेख्न बसी– ’नारी–जातिको निम्ति पति नै देउताहुन्। चाहे माया गरुन्, चाहे रिसाउन पति नै हाम्रा सर्वस्व हुन्। सासू–ससुरा–लाई नं आमा–बाबु ठान्नुपर्छ। घर–गृहस्थीको कर्तव्य पूरा गर्नुपर्छ……। आफ्नो जीउको पनि हेर्विचार गर्ने……यस्तो अवस्थामा सँभलेर बस्नुपर्छ……इत्यादि, इत्यादि।

चिट्ठी समाप्त गरेर त्यो ओछ्यानमा ओल्टे–कोल्टे गर्न थाली; तर निद्रा परेन। कयौं पल्ट उसको सम्झनामा विजय पनि आयोः ’तर किन आयो ?’यस कुरालाई बुझ्ने चेष्टा उसले गरिन। ’धेरै दिन भयो, उसलाई पत्र लेखिनँ,भोलि उसलाई पनि लेखिदिनुपर्ला’ –यतिमात्र उसले विचार गरेर त्यस विचारधारालाई समाप्त गरी।

संयोग–परिस्थितिवश, बिहा हुन, गर्न नसकेर गुनकेसरीको उमेर तेइसचौवीस वर्षजति हुन लाग्यो। बाबुआमाले धेरै कोशिश गरे, तर उसलायक योग्य वर भेटाउन गाहारै परिरहेको थियो। जति भेट्टाए ती सबै या त केटी नपाएर थन्किरहेका दुलहा थिए, या त पहिली स्वास्नी मरिसकेर दोस्रो पटकको दुलहा हुने आनन्द लिने मात्र थिए। छोरा भए वाइस–तेइस अथवा चौबीस सम्ममा, छोरी भए पन्ध्र–सोह्र अथवा सत्र वर्षसम्ममा बिहा भैसक्ने साधारण नियम भएकोले यस्तो कठिनाइ परिरहेको थियो। तैपनि बिहा त नगरी सुख थिएन। विहा हुनैपर्ने हो। गुनकेसरी पत्नी नभएर असम्पूर्ण रही बस्ने नै कसरी ? यस अवस्थामा एक दिन विजयले सूचना पायो – ’गुनकेसरीको विहा हुने कुरा पक्का भइसक्यो। एक जना कुन घरानियाँ छन्, उमेर तेत्तीस–चौतीस वर्षजतिको छ। पहिली स्वास्नी मरिसकेर दोस्रो बिहामा गुनकेसरीलाई दुलही तुल्याउने !’

विजय केही वेरसम्म स्तम्भित ढुंगाझै हुन गयो। अलि होशमा आएपछि ’के गुनकेसरी यस लायक थिई ? गुनकेसरीको त्यस्तो विद्या, त्यत्तिको बुद्धि, त्यत्तिको भावनाशीलता, सुरुचिसम्पन्नताको आदर एउटा नारीको भोकोले मात्र कसरी गर्न सक्ला? त्यत्तिका सौरभ, त्यत्तिका पराग, त्यत्तिका मधु त्यस व्यर्थ जाने ? ओहो! जहाँ गुनकेसरीको महाप्राणलाई चिन्ननिम्ति नै एक सम्पूर्ण जीवनको आवश्यकता छ, उही एउटी स्वास्नी पाउन चाहनेले मात्र कसरी गुनकेसरीको पूर्णतालाई पक्रन सक्ला?’

आज तीन वर्षदेखि उसको तीखो मानसिकता गुनकेसरीलाई चिनिरहेछ। टाढै रहेर, तटस्थ रहेर गुनकेसरीलाई प्यारो गरी, त्यसले आफ्नो प्रेम–जन्य वेदनाभित्र गुनकेसरीलाई निरीक्षण गरिरहेछ। तैपनि गुनकेसरी यतिमात्र छे भन्ने टुंगो उसले लगाउन सकेको छैन। तब……?

गुनकेसरीको पतिले बताउनेछ ’म तिमीलाई प्राणझै माया गर्छ, तिमी मेरी देवी हो, लो, यो घर हेर ! यो तिम्रो हो। यसमा यत्तिको सम्पत्ति छ, यत्तिका कारवार, मान–सम्मान पनि छन्, इत्यादि।’ तर के यी सबै लिएर, सँगालेर मात्र गुनकेसरी सफल हुन सक्छ ? के गुनकेसरीभित्र उसके लक्ष्य–भ्रष्ट,उद्भ्रान्त चेहरा निरन्तर मूक भावसित उदाइरहने छैन ? सहन नसकेर गुनकेसरीलाई उसले एउटा लामो पत्र लेख्यो। स्पष्टतःउसले बतायो, पोख्यो’.. गुनू ! आज यत्तिको दिनको जुन निर्भिन्त स्नेह–लाई पनि भ्रान्तिको आावरण ओढ़ाएर जम्मै वास्तविकता छोपी खालि ’विजय र गुनकेसरी’–लाई मात्र स्पष्ट राखेकी छ्यौ, त्यसद्वारा यत्तिको महासर्वनाश हुनेछ, यस्तो आशा थिएन। मनिस केवल हात–खुट्टाको होइन; भूलहरूलाई पोषण गरी परिपुष्ट पारिराख्ने नियम–उपनियममात्र मान्छे होइन। त्यो कतनिष्कलंक पनि छ, कतै शुभ्र पनि। त्यही निष्कलंकता, त्यही शुभ्रतालाई समाते के तिम्रो क्षति हुन जान्थ्यो? गनकेसरीलाई सच्चाइका साथ सम्झिदिनु कुनै पाप त हुने थिएन ! विजयको पशुलाई विसिदिए कुनै अपराध त हुने थिएन ! के मनुष्यका भ्रान्ति, दोषहरूलाई नै उच्चा पारेर पूजाको आधार स्थापित गर्न सकिन्छ ? के मनुष्यको देउताको निम्ति एउटा सानो कुना पनि तिम्रो कर्तव्य भित्र, पूर्णताभित्र खाली छैन ?……’ इत्यादि।

उसले आफ्नो पत्रमा बताएथ्यो ’अझ पनि समय छ, धेरै चेष्टा गर्नुपर्दैन। खालि ’गुनकेसरी’ र ’विजय’–लाई बुझिदिए जीवनको संहारलाई अझ पनि बचाउन सकिन्छ।

बुद्धिले बुझ्ने यी कुराहरू नभएर पनि गुनकेसरीले बुझ्ने चेष्टा गरी ’आमा–बाबुकी झसम्मकी आज्ञानुवर्तिनी त्यो छ। उहाँहरूले असल ठानी,उचित सम्झी जुन विधान गर्नु भयो, त्यसमा कुनै प्रकारको आाफ्नो मन्तव्य दिनु ने कसरी ? छिः विजय पनि के–के लेख्तो रहेछ !’

बाहिरका आँखाबाट देखिनै नसकिनेलाई पनि गुनकेसरीले निभृत हृदयका आँखासम्मन् पुयाइन। वरु आफै पुग्न लागेको चेष्टामा पनि विघ्न उपस्थित गरी। उसलाई कुन्नि कस्तो डर हुन लाग्यो, त्यो त भन्न सकिन्न, तर आज उसले आफ्नो सधैंको मुक्त गतिमा पनि ठूलो वाधा दिई।

कुरा त के थियो भने, गुनकेसरीको शक्तिको सीमा थिएन। त्यही शक्तिको तागत, त्यसको तीक्ष्णता एउटा नशा भएर उसलाई लागेको थियो। त्यहीकुरा उसमा आमा–बाबु, कर्तव्य मर्यादा, देशाचार, कुलाचारको उपकरणद्वारा घटित, प्रतिफलित भइरहेको थियो। वास्तविकतामा यतिमात्र भन्न सकिन्छ।’गुनकेसरीभित्रको संभाल्न नसकिने कुनै अवाञ्छनीय अज्ञात महानताले गुनकेसरी मा केही ’हुनु’–को निम्ति चरितार्थ भइरहेको थियो र यही हुनु जानका लागि नै ऊ ’जीवन’ भन्ने कुरासित कुनै प्रकारको सन्धि अथवा समझोता बनाउनको निम्ति आफूभित्रै वाध्य हुन गएकी थिई। यस वाध्यताले उसको आत्म–कुण्ठापर्यन्तको विचार गर्न नदिएर ’कर्तव्य, कर्तव्य’–को दुहाई लगाएको थियो; र यसको निम्ति एउटा निःसार छल, ठूलो प्रवञ्चना चरितार्थ भइरहेर गुनकेसरी र विजय दुवैलाई निरर्यक, निःसार पारिदिएको थियो।’

गुनकेसरीको क्षोभ यस रूपमा आफ्नो परितृप्ति प्राप्त गरेर निश्चिन्त हुन गयो; अर्थात् विजय (पुरुष) आफै उसको अगाडि आएको थियो; झुकेर,नमित भएर, टाउको निहुराएर उसलाई आउनु पयो। उसलाई ठूलो बनाएर गुनकेसरीले ल्याउनपरेको थिएन। उसलाई केही दिएको अपराध गुनकेसरीले गरेकै कहिले थिई ?

अनि,…… अनि हाँस्यो गुनकेसरीभित्रको ’कर्तव्य–कोत्सित्य’ र उसको ’देउताको दैत्य’ ! त्यस हाँसोमा खुल्न आयो, प्रस्ट हुन गयो त्यो ठूलो प्रभेद जुनचाहिं गुनकेसरीको निकट ’विजय’ र विजयलाई प्राप्त गर्नुको मध्यको फरक थियो। गुनकेसरीले विजयलाई कति माया गरेकी थिई, कति आदर गरेकी थिई; र शायद विजयकै निम्ति उसका अनेकौं, सफा, प्रष्ट प्रेमपत्रहरूपर्यन्त स्वीकार गरेकी थिई। यतिमात्र होइन, अलि आफूलाई वचाएर उसले पनि प्रेमपत्र में उत्तर पनि लेखेकी थिई। किन्तु आज सबै थोकलाई तुच्छ वनाएर जब ऊ आफूले छानेको प्रशस्त पथमा अग्रसर हुन तयार भएकी छे, यस यस अवस्थामा ती सबै माया, आादर, प्रेमलाई यदि बाटोको फोहोर, मलाइला अझै एकातिर थुप्राआइ दिइछ भने उसमा कुनै आग्रह थप्ने दुःसाहस विजयले कसरी गर्न सक्तछ। थप्पे पनि पनि स्वीकार कल्ले गर्छ? स्वीकार गर्नलाई गुनकेसरीको महान्त भित्र छदै के छर ? ठावै कहाँ छ ?

विजयको फेरि दुई–तीनवटा पत्र आए यस्तो दुख्पूर्ण र मुटु हल्लाउने जसबाट गुनकेसरी र उसभित्रकी नारी पनि एउटै कामे–एउटी हतबुदि भएर ’डर’सेर पींचाहि भित्र धुरुधुरु रोएर रगत–मासुको ’विह्वलता’–से ! तर कसको केही पनि लागेन। प्रत्येक पत्रको उत्तरमा उसले लेखिदी–मेरो बाबु, मेरी आमा, पादर्श, मर्यादा र यस्तै अनेकौं।

गुनकेसरीको पनि बिहा भयो। उसका पति ठूला मानिस थिए, सम्पन्न थिए, पड़ेलेखेका थिए। उनकै माध्यमले, अर्थात् उनलाई पाएर एउटा निकको सम्पन्नता, ठूलो महल घर, सजिएका कोठाहरू, नोकर–चाकर, कारवार– हरूको स्वामिनी ऊ पनि हुन गई। अनि उसले सन्तोषको एउटा यस्तो लामो सास फेर्ने चेष्टा गरी जसभित्र उसको सम्पूर्ण परिपूर्णता र चारैतिरको सुसम्बदता, उसको आजतकको कर्तव्य– विशुद्धताले ठाउँ पाइदेउन्। तर…. तर के यी सबैले ठाउँ पाए?
पतिदेवतामा कुनै कमी थिएन। गुनकेसरीको बुद्धिले कतैवाट पनि रित्तो.पना पाउने छिद्र प्राप्त गरेन। किन्तु आज जब ऊ सबैतिरवाट सम्पूर्ण, चारैतिरबाट शुद्ध देखिइन लागी, तव उसको अन्तरमा कुनै ‘एउटै विशुद्धता’–को अस्तित्वको पनि भान भयो। कुनै ’एउटै परिपूर्ण’–लाई, चारैतिरको अपूर्णताको छिद्रद्वारा नियालेर हेर्न र हेरेर तृप्त हुनुको अदम्य लोभ पनि उम्लेर आयो। अनि, त्यस लोभमा गुनकेसरीले पाई, उसले देखी – एउटा कुनै विशाल आँखाले नभेट्टाउने, पसारिएको एकाकारता, एउटा मरुभूमिः निश्चिह्न मैदान जहाँ कुनै वृक्ष थिएन, कुनै खोला थिएन, कुन पहाड़ थिएन, कुनै जंगल थिएन र कुनै देश तथा शायद कुनै घर पनि थिएन ! तव परिपूर्णताको यस महान् ठूलो कुनै चेष्टा, कुनै कामको ठाउँ नै त्यहाँ रहन गएन। आफ्नो यस पनामा मात्र उसको लक्ष्य नै हराउन, बिलाउन गयो; मानो गुनकेसरीले गर्नुपर्ने बुनै चेष्टा कुनै कामको ठाउँ नै त्यहा रहन गएन निष्क्रियताभित्र गुनकेसरीले केही दिनसम्म लोग्नेलाई चेष्टापूर्वक उद्भा सित गरेर अवश्य राखी, तर थोरै दिनमा उसलाई थकाइ लागेर त्यो ’चेष्टा’ गर्न छोडिदिनपन्यो; र त्यही दिनदेखि त्यस सर्वग्रासी एकाकारताले त्यो पति परिपूर्णताको भन्नेलाई पनि माफूमा मिसाइहाल्यो। त्यसपछि बाँकी रहन गर्द गुनकेसरी नारी, पिपासुमान !

विस्तार–विस्तार दिनहरू बित्न थाले र वित्न लागेका दिनहरूके साथ गुनकेसरीको सधैका सतर्कताहरू पनि वित्न लागे। आफूलाई जान्ने, समझदार र उदार, भद्र, सोझा, भोला र, साधा हृदयकी इत्यादि स्वयंक निकट बताउने देखाउने, क्रियात्मक रूपमा प्रमाणित गर्ने मौका ने उसले कहिल्यै प्राप्त गर्न सकिन। मानो पति पाउँदा नपाउँदै ऊ कस्तो सम्पूर्ण हुन गई भने उसको स्वयंमा अव केही बाँकी नै रहन गएन; मानौ जता हेर्यो जम्मै सम्पूर्ण अर्थात् ’समाप्त’!

तैपनि अभ्यस्त शक्ति, सतर्कताले गर्दा उसले हिम्मत हारिन। जम्मै रित्तो–पनालाई पनि सफल कृतार्य गर्ने चेष्टा उसले नगरी छोडिन। पतिलाई सकेसम्म शास्त्रीय श्रद्धा, भक्ति नियमपूर्वक गर्न लागी; र आफूलाई बुझाई – ’कति आदर, कति माया, कस्तो गहु्रगो सम्मान उहाँ (पति)–ले मजस्तो भुसुनालाई दिबक्सनुभएको रहेछ ! उहाँको ममाथि यो कतिको प्रेम र कस्तो महानता हो ! यसको वदला यस जन्ममा चुकाउन सकिन्छ ? तर यी सारा चेष्टाभित्र त्यो कुरा हुन सकेन जसको निम्ति गुनकेसरीको अपार मिहिनेत थियो। अत्यन्त मिहिनेत गरेर, सारा बुद्धिबाट चाहेर पनि कुन्नि किन एउटा दिनुपर्ने कुरा दिन सकिन; र घर–गृहस्थी, सम्पत्ति–जेथा, स्वामीत्व–पतित्व सबै थोक दिएर पनि पतिदेवताले लिन चाहेका एउटा लिनुपर्ने कुरा गुनकेसरीबाट लिन सकेनन्। यस अभाव, यस साँधको जति–जति स्पष्ट अनुभव दुवैलाई हुन लाग्यो, उति–उति चेष्टापूर्वक दुवै त्यस रित्तोपनालाई, त्यस दुवैका मध्यको खालीपनालाई भने– निम्ति व्यस्त भएर मिहिनेत गर्न लागे। अर्थात् ती दुवै अव परस्पर अत्यन्त निकट रहन थाले; करीब–करीब सारा दिन पति–पत्नीले सँगसँगै बिताउन थाले। दुवैले, शब्दहरूमा, परस्पर प्रेम–निवेदन गर्न थाले, इत्यादि। तर एउटा कुन्नि कुन सर्वनाशी व्यर्थताको बोधले गुनकेसरीको साथ एक छिनको निम्ति पनि छोड़ेन। ’विडम्बना–विडम्बना’ भनेर एउटा कुन्नि कस्तो नमीठो नाद उसको अन्तरमा निरन्तर ध्वनित नै भैरह्यो।

यसै अवस्थामा एक दिन उसले सूचना पाई – ’सुभद्राको गर्भबाट एउटै दिनमा, तीन–तीन घन्टाको फरकमा दुई बालक जन्मेका छन्।’ खबर पाएर त्यो ठक्क भई। एक छिनको लागि त ढुंगाझै भएर उसमा केही विझ्दै–विझेन। त्यसपछि एउटा भयानक क्रोधभित्र उसको चेतना मानो कुनै लुप्त स्थानवाट घोर घृणा बटुली निस्केर आयो। उसलाई विच्छीको दंशन; भान हुन लाग्यो –उसको कोही पनि छैन। न बुवा, न आमा, न बहिनी,न पति उसको प्यार छैन, कसैमा उसको प्रति ममता छैन। केबल एक्ली छे ,यहा–सम्म एक्ली कि मृत्युको स्वाभाविकता पनि उसको साथी छैन। एउटै थोक उसको निम्ती बाकि रहन गाएको देखियो ’कुनै गहनतम एकान्त स्वार्थ। उसको निम्ति बाँकी रहन गएको देखियो।

सुभद्राको पतिमाथि उसको पहिलेकै घोर घृणा अब नयाँ संस्करणमाउसको सामुन्ने आयो एउटा राक्षस, लोभी, कुक्कुर झै …….दुई छोरा……छि..घृणित कुकुर !’ आज गुनकेसरीको कुनै आदर्श उसलाई यसलाई खुट्टा अडाउन– ’ भित्ति भैदिएनन्। ऊ बग्न थाली, आफआफैमा बन्न थाली। उसलाई भान हुन थाल्यो–मानो उसके कुनै विराट् छल, उसकै कुन महाको धोकाले अझसम्म उसलाई आवेष्टित गरिराखेर चलाइरहेको थियो। संसारका सारागामार असत्य, सत्यका कृत्रिम चेहरा लगाएर आदर्श, मर्यादा, देशाचार, कुलाचार र कुन्नि के–के भएर उसलाई छलिरहेका थिए; ऊ आफै छल्न लागेकी थिई। नत्र कहाँ छ आज उसको विशेषता, जसलाई लिएर उसले गर्व गरेकी थिई? सबै एकाकार छन् ! समात्नलाई आज एउटा सानो छेउपर्यन्त त पाइन! साराका सारा सम्पूर्णताभित्र गुनकेसरी नै के समाप्त हुन गइन? कहाँबाट भार कुनै एउटी गुनकेसरी भन्नेको पृथक् दर्शन पाउन सकिन्छ ?

कुन्नि कताबाट उसको पतिदेवता पनि आएर हाँस्तै सुभद्राका दुई पुत्रजननको समाचार सुनाए। उनको हाँसो, उनको मुख हेरेर त्यहाँ पनि कुनै गम्भीर स्वार्थको कुत्सित दर्शन उसको अन्तर–चक्षुमा आज उदाउन गयो। कुनै एउटा यस्तो लोग, घृणित र अत्यन्त फोहोर लालचझै, त्यस पुरुषको चेहरामा लस्तादार चिप्ति रहेको जस्तो उसले देखी। अत्यन्त घृणामा भरेर उसले मनमनै भनी –शुभ समाचार सुनाउन आए– छन; दुई छोरा पाई रे ! कत्तिको सोझो उपाय छ ! स्त्री पाए, होइन स्वास्नी ल्याए र सोझो रीतिले पिता हुन गए। कस्तो सजिलो, हानि–रहित व्यवसाय।

तर भित्रभित्रै डढ्न गएर पनि उसले केही भनिन; केवल एनकेसरीलाई प्राप्त गरेको पुरुषको सान्निध्यदेखि पर गदिने उत्कृष्ट आवश्यकताको अनुभव– मात्र उसलाई हुन थाल्यो। दोस्रो दिन त्यो आफ्नो माइतमा गइ बसी।
माइतमा पनि उसलाई चैन थिएन, शान्ति थिएन। रही–रहीकन कुनै नक कुरसा, एउटा नजाने कस्तो प्रशात ईर्ष्या उसमा उम्ली नै रह्यो।

विजयलाई ऊ सोच्न चाहन्नथी। तर यसले लगातार विजय त्यसको मानत–चक्षुमा उदाइरहन लाग्यो। उसलाई निरन्तर अनुभव हुन लाग्यो, मानो यत्तिका दिनका विजयको निःशब्द मूकतामा उसको कुनै घोरतर विरक्तिकर घृणामात्रछ। बिहा हुनुभन्दा अगाडि नै पाएको विजयको पत्रबाहेक फेरि अझसम्म उसको समाचारपर्यन्त गुनकेसरीले पाएकी थिईन।

अझसम्म यस कुराको प्रति उसमा कुनै विचार उठेको थिएन; तर आज रही–रहीकन त्यही कुरा घोचिइन लाग्यो। आफूले गरेको व्यवहार, आफूले लेखेका त्यस्ता शुष्क पत्रहरू एकेक गरेर उसले सम्झन थाली। त्यही सबै सम्झनाभित्र विजयको यो मौनता, अझसम्मको निःशब्दताले उसलाई खान थाल्यो। एक दिन विजयको जुन उद्दाम प्रेम उसले उमाल्न सकेकी थिई, त्यही प्रेम, त्यही स्नेह आज उसैलाई गन्हाएको झै गरेर, नाक च्यापी अर्को तिर लागिदिएछ; यहाँसम्म कि कुनै शब्दपर्यन्त उसले गुनकेसरीको अगाडि आउन दिएन ; यसलाई गुनकेसरीले सहनै कसरी सक्ने ? आफ्नो महान् व्यथाभित्र विजयले त्रस्त भएर पोखेका कति–कति वास्तविकताहरूलाई जब गुनकेसरीले पनि स्वीकार नगरी सुख पाएको थिईन, उस बखत आन्तरिक लज्जाको आँखा चिम्लेर ’कर्तव्य’, ’आदर्श’ र कुन्नि के–के, त्यस ठाउँमा काम नलाग्ने निर्जीव शब्दहरू, लेखेर उसले आफ्नो स्त्री–चरित्र देखाएका कुत्सित पाखण्ड आज उसैको निकट घोर लज्जास्पद भएर पाउन थाले। आाचार, नियम,आत्म–संयम भनेर उसले संगालिराखेकी ’आत्म–प्रतारणा’ उसकै अगाडि आएर गिज्याउन थाल्यो। उसलाई सम्झना भयो ’विजयका पत्रहरू पाउँदा उस– लाई खोली पहिले त ऊ अत्यन्त उत्कण्ठापूर्वक तन्मय भएर पढ्दथी; पढिसके– पछि उसको टाढाको भित्री थोक जब परितृप्त हुन जान्थ्यो, तब उसको अन्तर– निभृत कुत्सा पाखण्डको हँसी भएर गुनकेसरीको मुखमा उदाउँथ्यो। फेरि ऊ एक्ल एकान्तमा पनि मरी–मरी हाँस्तथी, मज्जा लिन थाल्दथी। उसको कल्पना– को आँखाअगाडि विजय नाउँको चरा गुनकेसरीको जालमा फड़फड़ गरिरहेको उदाउँथ्यो; र गुनकेसरी शिकारीझै उसको आनन्द लिन थाल्दथी। किन्तु आज जब त्यही विजयले आफ्नो सारा त्रासलाई आफूभित्र सँगालिलिएको छ, त्यसको पीडित–पवित्रतालाई जब गुनकेसरीले अपवित्र पार्न सक्ने मौका नै रहन गएन,तव उसले गरेका साराका सारा चरित्र, समस्त धूर्तता, त्यो कुत्सित पाखण्ड वेग्लै रहन गएर उसको अगाडि आफ्ना–आफ्ना अशोभन चेहरा देखाउन थाले, आफ्नो कुत्सित निर्लज्जता उघार्न थाले।

गुनकेसरीले सहन नसकेर विजयलाई एउटा पत्र लेखी – ’तिमीले पत्र पर्यन्त पनि लेख्न बन्द गर्यो। यद्यपि यस्तो गर्ने कुनै विशेष आवश्यकता थिएन। हालखवर त लेख्नैपर्ने हो। भो, जे भयो भयो; तर पाज–भोलि म यहाँ बुवा–कहाँ छु। दुई–एक दिनको निम्ति पाउन सक्छौ भने आइदिए बेस हुने थियो। …..इत्यादि।

गुनकेसरीको यस संयमित आह्वानमा विजय पाएन। बरु त्यस पत्रको त्यो संयमितपना नै झन–झन दीप्त भएर, त्यसमा त्यही चिर अभ्यस्त कुशल छलक दर्शन गरेर, उसको अन्तःकरण झन् विषाक्त हुन गयो। विषको त्यो तीतोपना लाई सहन नसक्दा आफ्नो कोठामा गई त्यो भुइँमा लडेर पृथ्वीमा आफ्नो टाउको बजार्न लाग्यो। विवश निःसहायताले प्रस्त उसका आँसु भुईमा खस्न लागे। गुनकेसरीको बाह्वानमा पाज विजय जान सकेन, जान सक्तैन। यो कति ठलो अपराध हो, निश्चय नै यसको विवेचना हुन सक्तैन। र यस अपराधको निम्ति ऊ झन् चाच्चाडई जोरसित टाउको भुइँमा बजान लाग्यो; र प्रत्येक हनाइको पीडाको अनुभवको साथै ऊ आफ्नै अन्तरमा संकल्प पनि गर्दै जान लाग्यो –’ऊ जाँदैन, कहिले पनि जाँदैन, मरे पनि जानेछन, जाँदैन।’

विजय आएन। दुई–चार दिनपछि गुनकेसरीको पत्रको एउटा लामो उत्तर पायो ……….पत्र पाएँ। तर जुन, जतिको अगणनीय, प्रच्छन्न छलहरूद्वारा त्यत्तिका मिथ्यालाई पनि सत्यको पोशाक लाइदिन सकेको थियौं, जसतिर प्रल– कति पनि नखुम्चिएर बाध्य भई अझसम्म हिंड्नु नै परिरहेको छ, आज त्यसको स्वागत गर्न सक्ने क्षमता आफूमा पाइनें। चाहेर पनि तिम्रो स्व–अनुशासनको प्रतारणालाई ठूलो बनाएर आज टाउकोमा चढाउन सकिनँ। साथै सधैको झै तिम्रो दयालाई वाह्यतिर पन्छाइदिएर त्यसभित्र कुनै उत्कृष्ट आग्रहको झल्कामात्र ग्रहण गर्न पाइनँ। बरु त्यो दया आज आफ्नो सारा थोक खोला गरेर दयाबाहेक अरू केही पनि देखिन पाएन।

’हाय, नारी ! मलाई डाननिम्ति अन्तरमा वाध्य भई पत्र लेखे पनि, आखिर त्यही लेख्यो –’दुई–एक दिनको निम्ति आउन सक्छांै भने आऊ अर्थात् तिमीलाई कुनै चाहना छैन, अर्थात् तिमीलाई कुनै आग्रह छैन। मैले पत्र लेख्न बन्द गरें, यसको निम्ति एउटा संयमित उपालम्भवाहेक तिमीमा कुनै कोध छन, तिमीमा ज्वाला छैन। तिम्रो यस सहिष्णुता, संयमिततालाई बधाई दिन सक्छ, तर पूजा गर्न सकिन। मानवका सुकुमार हृदयको दुस्सह यातनाप्रति विह्वल–व्याकुल नभएर यस्तो, आज पनि देखिन आएको, यो उदासीनता पशुता हो; यसलाई धर्यशक्ति भनेर आदर दिन सकिंदैन, यो जडता हो। मानवताभन्दा अत्यन्त तल्लो श्रेणीको छुद्र वस्तु हो। मनुष्यको स्व–अनुशासन मनुष्यलाई बल अवश्य दिन्छ, किन्तु मनुष्यतामाथिको अनुशासन मानिसलाई घृणित मृत्युवाहेक अरु केही पनि दिदैन। तिम्रो निकट नै अझसम्म आफ्नो कुत्सित रूपलाई अप्रकट राखेर सुन्दर, स्तुत्य देखिई रहेको, तिम्रो त्यसै अहंकारलाई आज विशासता भनेर श्रद्धालता दिन सकिनं–जसले अभ्यन्तरलाई रत्तिभर पनि उठ्न भन्दा नदिएर, एकदम तुच्छ पारिराखेर, वाहिरलाई मात्र सवभन्दा मनुष्यत्व– भन्दा पनि माथिको सिंहासनमा बसालिराखेको छ।

’गुनकेसरी ! तिमीलाई थाहै छैन, यस विजयभित्र कुन–कुन थोक, कसरी वितेका रहेछन; तर ती सबैलाई बताएर आवेदन–निवेदनको जालो बुन्ने उपहास आज गर्न सक्तिनँ। प्रेमको निम्ति आज कुनै कंगालपन विशेष गरेर तिम्रो अगाडि देखाउनु, प्रेमको अत्यन्त ठूलो पमान होला। यसलाई भगवानको वच–कठोर छातीले पनि सहन सक्तैन। यतिमात्र वुझ, मनवाहेक यो देह यसको भारी बोक्नामा तागत जत्तिकै देखिए पनि त्यस तागतमा गर्व गर्न सकिदैन। त्यहाँ लाजबाहेक अरू केही पनि उपलब्ध हुँदैन।

’आह ! तिमीले व्यवहारमा, आवरणमा, क्रियामा जस्तो गरे, देखाए पनि तिम्रो त्यस आँखाको सम्झना मदेखि जिन्दगीभर छुट्न सक्तैन। कुन्नि कसरी यत्तिको अन्जानपनमै जीवनका साथ यत्तिका दृढ़रूपले जकडÞिन गएको त्यो अतीतको कसैलाई सम्झेर कहिलेकाहीं त अधीर हुन जानुपर्छ, गुनकेसरी ! कतैतिर पन्छाएर कुनै तवरले पनि यो सहन सक्ने कुरै थिएन; तर के गरूँ कुनै नितान्तको छोटोपना आइलागेर मात्र आज यस महान् असहनीयलाई पनि सहिदिनुपर्यो।’

माथिको सारा पत्र सहिदिए पनि विजयको अन्तिम वाक्यले तुरुन्तै धार लाएका स्वच्छ, कठोर, धारिलो चक्कुले झै उसको मुटुलाई चिरि नै दियो र सधैं सचेत, सतर्क,बुद्धिशालिनी गुनकेसरी जीवनमा पहिलो पटक आफ्नो महा–बुद्धिलाई विसि दिएर मूच्छित हुन गई। एकै छिनमा घरमा हाहाकार मच्चिन गयो।
रचनाकाल भाद्र १९६६

 

(भवानी भिक्षुकाे कथासंग्रह गुनकेसरीबाट साभार)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved