पाकिस्तानले गर्‍यो अफगानिस्तानसँगका सबै हवाई सेवा बन्द

नेपालभ्युज

पाकिस्तानले गर्‍यो अफगानिस्तानसँगका सबै हवाई सेवा बन्द

एजेन्सी । पाकिस्तान सरकारले अफगानिस्तानको तालिबानी सरकारविरुद्ध कडा कदम लिएको छ।

पाकिस्तानको अन्तर्राष्ट्रिय एयरलाइन्स पीआईएले अफगानिस्तानको राजधानी काबुल जाने र त्यहाँबाट आउने सबै उडान रद्द गर्ने निर्णय गरेको हो।

पाकिस्तानी एयरलाइन्सले तालिबानी अधिकारीले आफ्ना कर्मचारीलाई अपमानजनक व्यवहार गरेको आरोप लगाउँदै यस्तो निर्णय लिएको हो।

कम्पनीका प्रवक्ताले तालिबानीहरुले एयरलाइन्स कर्मचारीलाई धम्क्याउने र उडान व्यवस्था अवरुद्ध समेत गरेको आरोप लगाएका छन्।

यस्तै तालिबानले पाकिस्तानी अन्तर्राष्ट्रिय एयरलाइन्स र अफगानिस्तानको कैम एयरलाई टिकट दरमा कमी गर्न आग्रह गरेको थियो। तालिबानले अफगानिस्तानमाथि कब्जा जमाउनुअघिको टिकट दरलाई पुनः कायम गर्न उसले आग्रह गरेको थियो। आफ्नो शर्त नमानेको अवस्थामा उडान बन्द गर्न तालिबानले धम्की दिएपछि पाकिस्तानले अफगानिस्तान जाने र त्यहाँबाट आउने सम्पूर्ण उडान बन्द गर्ने निर्णय गरेको हो।

पछिल्लो दुई महीना यता इस्लाममावादबाट काबुल पुग्ने हवाई भाडा दर दस गुणाले वृद्धि भएको छ।

अगष्ट महीनामा तालिबानले अफगानिस्तानको सत्ताकब्जा गरेपछि पाकिस्तानले त्यहाँका लागि विशेष उडानको व्यवस्था गरेको थियो। अफगानिस्तानबाट भाग्न चहाने व्यक्तिहरुका लागि पाकिस्तानी अन्तर्राष्ट्रिय एयरलाइन्स महत्वपूर्ण सिद्ध भएको थियो।

पीआईएका प्रवक्ता अब्दुल्लाह हाफिंज खानले भनेका छन्, ‘काबुलका अधिकारीहरुको अव्यवहारिक रवैयाका कारण हाम्रो उडानमा समस्या आईरहेको थियो।’

तालिकानी अधिकारीहरुको रवैयामा परिर्वतन नआएसम्म आफूहरु विमान सेवा खुलाउने पक्षमा नभएको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved