नर्वेमा भएकाे तीर आक्रमणमा पाँचको मृत्यु

नर्वेमा भएकाे तीर आक्रमणमा पाँचको मृत्यु
सांकेतिक तस्वीर

एजेन्सी। नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको  मृत्यु हुनुका साथै अन्य दुई घाइते भएका छन्। स्थानीय समयानुसार बुधबार साँझ ६ः१३ बजे उक्त आक्रमण भएको बताइएको छ।

सन्दिग्ध आक्रमणकारी ३७ वर्षीय डेनिश नागरिकलाई गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ। डेनिश नागरिकले अन्धाधुन्ध एक्लै तीर आक्रमण गरेको प्रहरीको अनुमान रहेको छ। के कति कारण आक्रमण भएको भन्ने चाहिँ थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

हताहत भएकाहरु केही सुपरमार्केटमा फेला परेका थिए। जसमध्ये ड्युटीमा रहेका एकजना प्रहरी अधिकारीको अस्पतालमा उपचार भइरहेको बताइएको छ।

नर्वेकी प्रधानमन्त्री एर्ना सोल्बर्गले डरलाग्दो आक्रमण भएको भनी यस आक्रमणको निन्दा गरेकी छन्। यो कार्य आतङ्कवादीको हो या होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताइन्।

घटनापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री सोल्बर्गले भनिन्, ‘‘मलाई थाहा छ कि धेरै मानिसहरू त्रसित भएका छन्, तर अवस्था अहिले प्रहरीको नियन्त्रणमा छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved