सरकार ‘बाटर सिस्टम’मा बनेको प्रष्ट देखियो : एमाले अध्यक्ष ओली

उनले भने, ‘‘जेठानका मामलामा सट्टापट्टा भएको त स्पष्ट देखियो।‘‘

नेपालभ्युज

सरकार ‘बाटर सिस्टम’मा बनेको प्रष्ट देखियो :  एमाले अध्यक्ष ओली
फाइल तस्वीर

काठमाडाैं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गर्दै सरकार ‘बाटर सिस्टम’मा बनेको स्पष्ट भएको बताएका छन्।

दशैं, दीपावली, छठ र नेपाल सम्वतको अवसरमा गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले न्यायालय र गठबन्धनबीच सट्टापट्टा भएको आरोप लगाए।

पैसाको चलन नहुँदा सामान सट्टाबट्टा गर्ने (बाटर सिस्टम) भएकोमा अहिलेको सरकार त्यसैगरी बनेको आरोप उनले लगाए।

‘‘पैसाको कारोबार भयो भएन त थाहा भएन बाटर सिस्टम चाहिँ यसपल्ट देखियो,’’ उनले भने, ‘‘जेठानका मामलामा सट्टापट्टा भएको त स्पष्ट देखियो।’’

तीन महीनामा बल्लबल्ल मन्त्रिमण्डलले पूर्णता पाएकोमा सरकार कसरी चलिरहेको छ भन्ने प्रष्टै धएकाले ‘अर्ली इलेक्सन’को सम्भावनासमेत रहेको दावी उनले गरे। आफूले नेतृत्व गरेको सरकारले विकास निर्माणमा आशालाग्दो काम गरेको चर्चा गर्दै उनले प्रदेश र स्थानीय तहको सरकारलाई अब धेरै अवधि बाँकी नरहेका कारण तीव्रगतिमा विकासका कार्यलाई अघि बढाउन आग्रह गरे।

जनताको जीवनमा देखिने गरी परिवर्तन ल्याउन लोकतन्त्र स्थापना गरिएको जनाउँदै अध्यक्ष ओलीले लोकतन्त्रको माला जपेर लोकतन्त्रकै विरुद्ध गतिविधि गर्नेको कुप्रचार र भ्रम निस्तेज बनाउन कार्यकर्ता पङ्क्तिलाई आह्वान गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved