खेलाडीलाई राष्ट्रपति भण्डारीले दिइन् बधाई

नेपालभ्युज

काठमाडौं। साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई ज्ञापन गरेकी छन्। उनले सामाजिक सञ्जाल ट्वटिरमार्फत नेपाली टोलीलाई बधाई दिएकी हुन्।

बुधबार साँझ सम्पन्न माल्दिभ्समा जारी प्रतियोगिताको लिग चरणको अन्तीम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल ईतिहास रच्न सफल भएको थियो।

नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेपछि राष्ट्रपति भण्डारीले प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई बधाई ज्ञापन गरेकी हुन्। उनले फाइनल प्रतिस्पर्धामा सफलताका लागि शुभकामना दिएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved