‘अफगानिस्तानमा मानवीय सहायताको खाँचो’

‘अफगानिस्तानमा मानवीय सहायताको खाँचो’

सिन्हा। अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको औँल्याइएको छ। अफगानिस्तानका विषयमा भएको जी-ट्वेन्टीको जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले यस्तो बताएका हुन्।

बैठकपछि उनले मिडियसँग भने, ‘‘हामीले अफगानिस्तानको अवस्थालगायत धेरै विषयमा कुराकानी गरेका छौँ, मलाई लाग्छ यहाँको अवस्था अहिले नै नाजुक छ, यहाँका नागरिकलाई मानवीय सहायताको खाँचो छ।’’

इटालीले अफगानिस्तानको विषयलाई लिएर जी-ट्वेन्टीका सदस्य राष्ट्रहरूको जुम बैठक आयोजना गरेको थियो। बैठकमा जी-ट्वेन्टीका सबै देशका सरकार तथा राज्य प्रमुखहरू सहभागी थिए।

अफगानिस्तानमा विद्रोह गरिरहेको तालिबानी समूहले गत महीना यहाँको सत्ता हत्याएका थिए। त्यसपछि त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको छ भने विश्वका अन्य देशहरूले पनि अफगानिस्तानलाई दिने सहायता रोकेका छन्।

यसै कारणले अफगानिस्तानको आर्थिक अवस्था पनि नाजुक बन्दै गएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved