हङकङमा देखिए अलिबाबाका संस्थापक ज्याक मा

व्यवसायमा आउनुअघि उनी अग्रेजी विषय प्रध्यापन गर्थे। अप्रत्यासित रुपमा उनी सार्वजनिक समारोहमा नदेखिएपछि अलिबाबाको व्यवसाय निकै प्रभावित भएको बताइन्छ।

नेपाल भ्यूज

हङकङमा देखिए अलिबाबाका संस्थापक ज्याक मा

एजेन्सी।  अलिबाबा समूहका संस्थापक ज्याक माले हङकङका केही व्यवसायीसँग भेटघाट गरेका छन्। गत वर्ष आफ्नो व्यवसायमाथि लागेको नियामक बन्देजपछि उनी सार्वजनिक स्थानमा देखिएका थिएनन्।

गत वर्षको अक्टोबरमा उनले चिनियाँ सरकारको अर्थतन्त्रमाथिको नियन्त्रणका विषयमा आलोचनात्मक भाषण गरेका थिए। सांघाईमा गरिएको उक्त भाषणपछि उनी सार्वजनिक समारोहमा देखिएका थिएनन्। त्यस घटनापछि उनको एन्ट ग्रुप नामको व्यवसायको शेयरमूल्य पनि घट्दै गएको थियो।

चिनियाँ अर्थतन्त्रमाथिको उनको तीखो भाषणपछि उनी चीनमा समेत केही स्थानमा मात्रै देखिने गरेका छन्। सार्वजनिक समारोहमा नदेखिएपछि उनलाई बेपत्ता पारिएको चर्चा समेत भएको थियो। पछिल्लो पटक उनी एसियाको व्यवसायीक केन्द्र हङकङमा देखा परेका छन्। अक्टोबर घटनापछि यो भ्रमणलाई उनको पहिलो विदेश भ्रमण भएको शंका गरिएको छ।

यस विषयमा बुझ्न खोज्दा अलिबाबा कम्पनीले कार्यालय समयमा कुनै प्रतिक्रिया दिएन। ज्याक माको प्रतिक्रिया कम्पनीबाट नै आउने गर्छ। उनको हङकङ भ्रमणको सूचना दिने स्रोतले आफ्नो परिचय भने खुलाउन चाहेन।

आफ्नो स्पष्ट बोलीका कारण चर्चित यी चिनियाँ व्यवसायीले हङकङका ‘केही’ व्यासायीक मित्रसँग गत हप्ता भेटघाट गरेको नाम उल्लेख गर्न नचाहने उक्त व्यक्तिले जानकारी दिएका छन्।

अलिबाबा कम्पनी हङकङका अतिरिक्त न्यूयोर्कमा पनि रहेको छ।

करीब तीन महीना सार्वजनिक नभएका उनी जनवरीमा केही अंग्रेजी शिक्षकमाझ भिडियोमार्फत सार्वजनिक भएका थिए। व्यवसायमा आउनुअघि उनी अग्रेजी विषय प्रध्यापन गर्थे। अप्रत्यासित रुपमा उनी सार्वजनिक समारोहमा नदेखिएपछि अलिबाबाको व्यवसाय निकै प्रभावित भएको बताइन्छ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved