हनुमानढोकामा भित्र्याइयो फूलपाती

नेपालभ्युज

हनुमानढोकामा भित्र्याइयो फूलपाती

काठमाडौं। गोरखा दरबारबाट पठाइएको फूलपाती काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा भित्राइएको छ। आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती शास्त्रीय विधिअनुसार घर घरमा भित्राइएको हो।

दसैँको शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल लगायत अन्य नयाँ पालुवासमेत भित्राउने प्रचलन छ। नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने गरिन्छ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दशैंं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने फूलपातीका दिनदेखि बढ्ने गर्छ।

यसैबीच, दशैंंको सातौ दिन काठमाडौंको टुडिखेलमा फुलपाती बढाई गरिएको छ। नेपाली सेनाले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भइन्। बढाई कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्याधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा लगायत सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved