मोतीपुरको कर्फ्यू आज रातिबाट हट्ने

निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा भएको झडपमा सुरक्षाकर्मीसहित ७० जना भन्दा बढी घाइते भएका थिए। झडपपछि २४ असोज दिउँसो ४ बजेपछि कर्फ्यू लगाइएको थियो।

नेपालभ्युज

मोतीपुरको कर्फ्यू आज रातिबाट हट्ने

बुटवल। रुपन्देही प्रशासनले बुटवलको मोतीपुरमा लगाइएको कर्फ्यू मंगलबार राति १२ बजेदेखि हट्ने भएको छ। कर्फ्यू लागेको तेस्रो दिनपछि स्थिति सामान्य बन्न थालेपछि प्रशासनले सुरक्षा अवस्था हेरफेर गरेको हो।

रुपेन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले विज्ञप्तिमार्फत राति १२ बजेपछि कर्फ्यू हट्ने बताएका छन्। रुपन्देहीस्थित प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रमा अस्थायी टहरा बनाएर बसेका व्यक्तिलाई आइतबार (२४ असोजमा) सुरक्षाकर्मीले हटाउने क्रममा भएको झडपमा चार जना प्रदर्शनकारीको मृत्यु भएको थियो।

बुटवल उप–महानगरपालिका १७ र १८ मा निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा भएको झडपमा सुरक्षाकर्मीसहित ७० जना भन्दा बढी घाइते भएका थिए। झडपपछि २४ असोज दिउँसो ४ बजेपछि कर्फ्यू लगाइएको थियो।

तर, तिनाउ नदी (बुटवल–१७ देखि वडा नं १८ सौरहिया पुलसम्म), पश्चिमतर्फ हरिहरपुरको खेतीयोग्य जमिन (बुटवल–१७) सम्म निषेधाज्ञा जारी रहनेछ। साथै उत्तरमा शिवनगर रानीगञ्ज बस्ती (बुटवल उपमहानगर–१७) र दक्षिण बुटवल उपमहानगर–१८ औद्योगिक कोरिडोरको जमिन (धन्दापुर सौरहियासम्म)लाई चार किल्ला मानेर निषेधाज्ञा जारी रहने जिल्ला प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।

पीडित परिवारलाई राहत प्रदान गर्न सिफारिस

यसैबीच, जिल्ला प्रशासन कार्यालयले मोतीपुर झडपमा ज्यान गुमाएका परिवारलाई राहत रकम र किरिया खर्च उपलब्ध गराउने सरकारलाई आग्रह गरेको छ।

मृत्तकको हकमा किरिया खर्च बापत ५० हजार र राहत स्वरुप प्रतिपरिवार ५ लाख रुपैयाँ प्रदान गर्न सिफारिस गरिएको छ। साथै प्रदेश सरकारका तर्फबाट प्रति परिवार एक लाख रुपैयाँ प्रदान गर्न सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले विज्ञप्तिमार्फत जनाएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved