गोरखा दरबारबाट हनुमाढोका पठाइयो फूलपाती

पृथ्वी नारायण शाहले काठमाडौं माथि विजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फूलपाती हनुमानढोका पठाउने प्रचलन शुरु भएको विश्वास छ।

नेपालभ्युज

गोरखा दरबारबाट हनुमाढोका पठाइयो फूलपाती

गोरखा। गोरखा दरबारबाट काठमाडौंको हनुमानढोकामा फूलपाती पठाइएको छ।

मंगलबार बिहान ८ बजेर २५ मिनेटको साइतमा निकालिएको फूलपाती बा २ झ २१२९ नम्वरको सरकारी गाडीमा राखेर काठमाडौं पठाइएको हो।

गोरखा नगरपालिका–५ पस्लाङ क्षेत्रबाट फूलपाती संकलन गरिएको थियो। प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, गोरखा दरबार हेरचाह अड्डाका कर्मचारी, गोरखा दरबारका पुजारीहरू लगायतको उपस्थितिमा फूलपाती पठाइएको हो।

पहिले धादिङको जीवनपुर, नुवाकोट हुँदै हिंडेर फूलपाती हनुमानढोका पुर्याउने प्रचलन थियो। २०६६ सालदेखि यो क्रमलाई तोडेर मोटरबाटोको प्रयोग गर्न थालिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ।

राज्य एकीकरणको क्रममा पृथ्वी नारायण शाहले काठमाडौं माथि विजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फूलपाती हनुमानढोका पठाउने प्रचलन शुरु भएको विश्वास छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved