आईपीएलमा कोहलीको टिम पराजित

नेपालभ्युज

आईपीएलमा कोहलीको टिम पराजित

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत सोमबार भएको खेलमा विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बेङलोर (आईसिबी) पराजित भएको छ। प्रतियोगिताको दोस्रो प्ले अर्फमा कोलकत्ता नाइट राइईस् (केकेआर) सँग भएको खेलमा आरसिबी पराजित भएको हो। पराजयसँगै आरसिबी प्रतियोगिताबाट बाहिरिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको कोहलीको टिमले २० ओवरको समाप्तिमा १ सय ३८ रनको लक्ष्य दिएको थियो। आरसिबीका कप्तान कोहलीले ३९ रन जोड्दा केकेआरका वेष्ट इन्डिज स्पिनर सुनिल नारायनले ४ विकेट लिएका थिए।

जवाफी ब्याटिङका लागि १ सय ३९ रनको लक्ष्य सहित मैदानमा आएको केकेआरले अन्तिम ओवरको दुई बल बाँकी रहँदा ६ विकेटको नोक्सानीमा लक्ष्य भेटेको थियो।

केकेआरको जितमा ओपनर सुमन गिलले २९ रन जोड्दा वैङकटेश अ‍ैयर र सुनिल नारायनले समान २६–२६ रन जोडेका थिए।
आरसिबीका कप्तनाका रुपमा कोहलीको यो नै अन्तिम खेल थियो।

कोरोना महामारीका कारण पहिलो संस्करणको खेल रोकिएर दोस्रो संस्करण शुरु हुनुअघि नै कोहलीले प्रतियोगीतासँगै आरसिबीको कप्तानी छोड्ने घोषणा गरेका थिए। यो सिजनको पहिलो संस्करण भारतमा आयोजना भएको प्रतियोगीताको दोस्रो संस्करण युएईमा हुँदैछ।

यता आरसिबीलाई हराएको केकेआरले फाइनल प्रवेशका लागि दिल्लीसँग खेल्न खेल्नुपर्ने हुन्छ। यसअघि भएको पहिलो प्ले अफमा चेन्नईसँग पराजय व्यर्होरेको दिल्ली र केकेआरबीचको खेलले नै यो १४ औँ संस्करणको आईपिएलको विजेता तय हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved