पक्राउ परेका जुवाडेलाई दार्चुला प्रहरीले दियो दशैँ बिदा

उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले सोमबार मात्रै अनुसन्धानका लागि थप  १५ दिन हिरासतमा राख्न म्याद थप गरेको थियो। 

नेपालभ्युज

पक्राउ परेका जुवाडेलाई दार्चुला प्रहरीले दियो दशैँ बिदा

दार्चुला। दार्चुला प्रहरीले पक्राउ परेका जुवाडेहरूलाई दशैँ बिदामा छाडेको छ। गत असोज २४ गते जुवाखालबाट पक्राउ परेका ब्यास गाउँपालिका ३ का वडाअध्यक्ष उपेन्द्रसिँह धामीसहित १२ जुवाडेलाई प्रहरीले दशैंसम्म छाडेको हो।

उनीहरूमाथि मुलूकी अपराध संहिता २०७४ अनुसार जुवातास खेल्न खेलाउन नहुने कसुरमा मुद्दा दर्ता भएको थियो। २ लाख ३७ हजार रुपैयाँ नगद र ११ थान मोबाइलसहित पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले सोमबार मात्रै अनुसन्धानका लागि थप  १५ दिन हिरासतमा राख्न म्याद थप गरेको थियो।

तर प्रहरीले दशैं मनाउन उनीहरूलाई छाडेको हो।  बयानमा कागज भईसकेको र अहिले सरकारी अड्डा पनि बन्द भएकाले दशैँ मनाउन छाडिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर पुष्करसिँह ‍ऐरीले बताए। ‘‘पक्राउ परेका कतिले त भाकल पनि गरेका रहेछन्, समय नै पर्वको भएकाले दशैंको समयमा छाडिएको हो,’’ उनले  नेपालभ्यूजसँग भने।

दशैंपछि कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved