नामको थप प्रभावकारी भूमीका आवश्यक छः परराष्ट्रन्त्री खड्का

खड्काले असंलग्न राष्ट्र स्थापना हुँदा र अहिलेको विश्व परिवेशमा धेरै नै परर्वतन आएको बताएका छन्।

नेपालभ्युज

नामको थप प्रभावकारी भूमीका आवश्यक छः परराष्ट्रन्त्री खड्का
फाइल तस्वीर

काठमाडौँ । असंलग्न राष्ट्र (नाम) को ६० औँ वार्षिक उत्सवको क्रममा आयोजित उच्चस्तरीय बैठकलार्ई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा.नारायण खड्काले असंलग्न राष्ट्र स्थापना हुँदा र अहिलेको विश्व परिवेशमा धेरै नै परर्वतन आएको बताएका छन्।

बैठकलाई सम्बोधन गर्दै मन्त्री खड्काले नामले विश्वमा अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्रता, प्रजातन्त्र ल्याउन देशहरुलाई सहयोग गरेको बताए। यस्तै मन्त्री खड्काले आजको विश्वले जातिय विभेद, देशभित्रकै आन्तरिक द्वन्द्व, आतंकवाद, जलवायु परिर्वतन, आर्थिक समस्या लगायतका मुद्दासँग जुध्नु परेको बताए।

मन्त्री खड्काले शक्तिशाली देशबीच भूराजनीतिक तनाब बढ्दै गएको औलाउँदै त्यसले विश्वलाई समस्यामा पार्नसक्नेमा सचेत गराएका थिए। ‘नामले आफ्नो भूमिका बढाउँदै गरिब र कम्जोर राष्ट्रका पक्षमा आवाजलाई बुलन्द बनाउँनुपर्छ,’ मन्त्री खड्काले बताए।

यस्तै परराष्ट्रमन्त्रीले जलवायु परिर्वतनले ल्याएको चुनौती र कोभिड–१९ महामारीले मानव समाजलाई पारेको असरका विषयमा पनि आफ्नो धारणा राखेका छन्। विश्वका दक्षिणी धुव्रमा रहेका देशबीच सहकार्यलाई बढाउँदै जनता–जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनु पर्नेमा मन्त्री खड्काले जोड दिएका छन्।

मंगलबार शुरु भएको नाम उच्च स्तरीय बैठक बुधबारसम्म सञ्चालन हुनेछ। बैठकमा विश्वभरबाट नामा प्रतिनिधित्व गर्ने करिब सय देश सहभागी छन्। कार्यक्रम सर्बियाको राजधानी बेलग्रडमा आयोजना भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved