प्राविधिक युद्धमा अमेरिका चीनसँग पराजित भएको अमेरिकी अधिकारीको दाबी

अहिले नै समाचारका समाग्रीदेखि भूराजनीति सबै चीनको पकडमा पुगेको बताउँदै उनले अगामी दिनमा  चीन विश्वका हरेक क्षेत्रमा आफ्नो नियन्त्रण बढाउँदै लग्ने  बताए।

नेपालभ्युज

प्राविधिक युद्धमा अमेरिका चीनसँग पराजित भएको अमेरिकी अधिकारीको दाबी

एजेन्सी। प्यन्टागनका पूर्व सफ्टवेयर प्रमुख निकोलस चैलनले अमेरिकालाई कृत्रिम लडाइँ (आर्टिफिसियल ब्याटल) मा पराजित गर्दै चीन विश्वमा आफ्नो वर्चस्व कायम गर्ने दिशातर्फ अघि बढेको दावी गरेका छन्। चीनले आफ्नो प्रविधिक क्षमताको प्रयोग गर्दै यस्तो लडाइँ जितेको उनले बताएका छन्।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रले आउँदै गरेका धेरै प्रविधिमा हावी हुने बताउँदै उनले आर्टिफिसियल इन्टिलिजेन्श (एआई) लगायतका क्षेत्रमा पश्चिवमा एकाधिकार तोड्दै अघि बढ्ने उनको अनुमान छ।

प्यन्टागनका यी पूर्व सफ्टवेयर प्रमुख चैलनले अमेरिकी सेनाको सुस्तगतिको प्राविधिक विकासमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका थिए। प्रविधिममा तीव्रगतिको प्रगति गर्न नसक्दा अमेरिकी सेनालाई खतरामा पुर्‍याउने उनले बताए।

‘यही तरिकाले अघि बढ्ने हो भने आगामी १५–२० वर्षमा चीनलाई कडा चुनौती दिनसक्ने अवस्था पनि हुँदैन, युद्ध हुन्छ हुँदैन त भन्न सकिँदैन तर एआईका क्षेत्रमा चीनले अमेरिकालाई पराजित गरिसकेको छ, यसमा म विश्वश्त छु।’

अहिले नै समाचारका समाग्रीदेखि भूराजनीति सबै चीनको पकडमा पुगेको बताउँदै उनले अगामी दिनमा  चीन विश्वका हरेक क्षेत्रमा आफ्नो नियन्त्रण बढाउँदै लग्ने  बताए।

चैनलले यसमा अमेरिकाका ठूला कम्पनी जस्तै गुगललाई पनि दोषी ठहराएका छन्। प्राविधिक युद्धमा अमेरिका कमजोर हुनुको कारण पुराना प्रविधि र कम्पनीहरु जस्तै गुगलले देशको एआईसँग सहकार्य नगर्नु र नैतिकताको बहस अमेरिकामा बढी हुनु भएको उनले बताए।

यस विषयमा गुगलसँग प्रतिक्रिया लिन खोज्दा गुगल सम्पर्कमा नआएको बताइएको छ।

चैनलका अनुसार अर्कोतर्फ चिनियाँ कम्पनीहरुले ‘सरकारसँग सहकार्य गर्दै एआईका क्षेत्रमा ठूलो सहयोग गरेका छन्, त्यसमा उनीहरुले नैतिकताको कुरालाई खासै मूल्य दिएका छैनन्।’

उनले अमेरिकाका केही राज्यका ‘साइबर डिफेन्स’ बच्चाबच्चीको खेलौँना जस्तो भएको आरोप लगाए।

चैलनले यी सबै विषयमा आफ्नो असन्तुष्टि व्यक्त गर्दै गत सेप्टेम्बरमा नै पदबाट राजीनामाा दिएका थिए। उनले साइबर सुरक्षामा अनुभव नै नभएका सैनिकहरुलाई यसको जिम्मेवारी दिएर अमेरिकाले गल्ती गरेको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved