सन्दीप लामिछाने बने आईसीसी ‘प्लेयर अफ द मन्थ’

पीएनजीसँगको खेलमा उनले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै मात्र ११ रन खर्चिएर ६ विकेट लिएका थिए, जुन प्रदर्शन नेपाली क्रिकेटमा नयाँ रेकर्ड हो।

नेपालभ्युज

सन्दीप लामिछाने बने आईसीसी ‘प्लेयर अफ द मन्थ’

काठमाडौं। नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को सेप्टेम्बर महीनाको ‘प्लेयर अफ मन्थ’ बनेका छन्।

आईसीसीले हरेक महीना उत्कृष्ट प्रदर्शन गर्ने विश्वभरका क्रिकेटरबाट यो उपाधि दिने गरेको छ। जसअन्तरगत सन्दीपले सेप्टेम्बर महीनाको उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन्।

उनले सेप्टेम्बरमा ओमानमा भएको आईसीसी वर्ल्ड लिग डिभिजन २ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए।

उक्त लिगका ६ खेलमा सन्दीपले १८ विकेट लिएका थिए।

ओमान सिरिजमा पीएनजीसँगको खेलमा उनले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै मात्र ११ रन खर्चिएर ६ विकेट लिएका थिए, जुन प्रदर्शन नेपाली क्रिकेटमा नयाँ रेकर्ड हो।

सन्दीप नेपालको तर्फबाट विदेशमा सबैभन्दा बढी क्रिकेट लिग खेल्ने खेलाडी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved