मोतीपुर घटना

एमालेले माग्यो सरकारको जवाफ

नेपालभ्युज

एमालेले माग्यो सरकारको जवाफ

काठमाडौं । नेकपा एमालेले रुपन्देहीको मोतीपुरमा सुकुम्वासी मारिएको घटनाको विषयमा सरकारको जवाफ मागेको छ। आइतबार बुटवल उपमहानगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्वासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएपछि एमालेले जवाफ मगा गरेको हो ।

राष्ट्रियसभा बैठकको शुरुमै बोल्दै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले आफ्नै जिल्लामा सुकुम्वासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँण मुकदर्शक बनेको आरोप लगाए । सांसद भट्टराईले यो घटनाले गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको बताए । उनले मोतीपुर घटनाको निष्पक्ष छानबिन गर्न, घाइतेको उपचारका प्रबन्ध गर्न, मृतकको क्षतिपूर्तिको प्रबन्ध गर्न पनि माग गरे ।

सुकुम्वासी मारिँदा पनि सरकारले केही प्रतिक्रिया नदिएको भन्दै सांसद भट्टराईले सरकार आँखा, कान र मुख नभएको जस्तो देखिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved