स्पेनलाई हराउँदै फ्रान्सले जित्यो नेसन्स लिग

नेपालभ्युज

स्पेनलाई हराउँदै फ्रान्सले जित्यो नेसन्स लिग

स्पेनलाई हराउँदै विश्वविजेता फ्रान्सले युरोपियन नेसन्स लिगको उपाधि जितेको छ। गएराति भएको खेलमा फ्रान्सलाई जिताउन करिम बेन्जेमा र किलियन एम्बाप्पेले गोल गरे।

इटालीको सानसिरोमा भएको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा टुंगिएको थियो। स्पेनका माइकल ओयार्बजेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए। तर त्यसको दुई मिनेट नबित्दै करिब बेन्जेमाले बराबरी गोल फर्काए।

खेलअवधिभर अधिकांश समय बल नियन्त्रणमा लिन सके पनि ८० मिनेटमा स्पेनले थप एक गोल खान पुग्यो। पीएसजीका स्टार खेलाडी एम्बाप्पेले फ्रान्सलाई २-१ को जित दिलाए।

यो उपाधि गत वर्ष पोर्चुगलले नेदरल्याण्डलाई हराउँदै जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved