साफ च्याम्पियनसिप

नेपाल-भारत पहिलो हाफ गोलरहित बराबरी

नेपाल भ्यूज

नेपाल-भारत पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । साफ च्याम्पियनसिपअन्तर्गत जारी नेपाल-भारतको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ।

राति पौने १० बजे शुरु खेलमा भारतले नेपाललाई दबाबमा राखेको छ। भारतले केही राम्रा मुभ बनाए पनि फिनिसिङ चुकेको छ। नेपालले पनि काउन्टर अट्याकलाई ध्यानमा राखेको छ। आज नेपालले डिफेन्सिङलाई विशेष जोड दिएको छ।

भारतले यसअघि दुवै खेलमा निराशाजनक बराबरी गरिसकेको छ भने नेपाल दुवै खेल जित्दै उच्च मनोबलका साथ मैदान उत्रिएको छ। नेपाल यस पटकको साफ च्याम्पियनको प्रमुख दाबेदार टोलीमा दह्रिएको छ।

आजको खेलमा नेपालको शुरुवाती ११ मा गोलकिपर तथा कप्तान किरण चेम्जोङसँगै गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी सुमन अर्याल सुमन लामा पुजन उपरकोटी तेज तामाङ सुजल श्रेष्ठ र स्ट्राइकरको भूमिकामा मनिष डाँगी छन्।

आज खेल नेपालले जिते सीधै सेमिफाइनल प्रवेश गर्नेछ। भारतले भने मात्र २ अंक जोडेको हुँदा आज हार बेहोरे प्रतियोगिताबाटै बाहिरिने छ। आजको खेल भारतका लागि जित्नैपर्ने दबाब छ। भारतले समूह चरणमा नेपालपछि अर्को खेल आयोजक माल्दिभ्स खेल्न बाँकी छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved