समिति बनाएर व्यवसायीका समस्या बुझ्न अर्थमन्त्रीको निर्देशन

नेपालभ्युज

समिति बनाएर व्यवसायीका समस्या बुझ्न अर्थमन्त्रीको निर्देशन
फाइल तस्वीर

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नेपालका उद्योगहरूको अवस्थाबारे लेखाजोखा गर्न निर्देशन दिएका छन् ।

आइतबार स्टील र डण्डी व्यवसायीहरूसंगको छलपलमा शर्माले व्यवसायीका समस्या बुझ्न समिति बनाएर अध्ययन गन निर्देशन दिएका हुन्। उनले बाहिरबाट आउने सामानहरू के हुन् ? कर्मचारीको अवस्था के छ ? उत्पादनको अवस्था के छ भन्नेबारे बुझ्न निर्देशन दिए।

सरकारले लागू गरेको नयाँ व्यवस्थामा भन्सार वर्गीकरणको ७२०७ देखि ७२११ नम्बरमा पर्ने बिलेटमा भन्सार दर यथावत गरी अन्तःशूल्क प्रति मेट्रिकटन १६५० बाट बढाएर २५०० रुपैयाँ पुर्‍याएको छ। यस्तै, भाग ७२०३ अन्तर्गत स्पञ्ज तथा भाग ७२०४ अन्तरगत फलामको पत्रु भन्सारदर पूरै छुट दिँदै अन्तःशुल्क समेत नलाग्ने व्यवस्था समेत गरेको छ। तर एमएस विलेट ल्याएर डण्डी बनाउने उद्योगीले मूल्य नबढाएको बताउँदै व्यवसायीले स्पञ्ज आइरन ल्याएर डण्डी बनाउने उद्योगीले नै रडको मूल्य बढाएको बताए।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पर्दाथको मूल्यवृद्धि भएकाले नेपालमा पनि मूल्य बढेको व्यवसायीहरूको भनाइ छ। उनीहरूले व्यवसायीले कतिपय तथ्यांक गलत प्रयोग गरेको समेत जानकारी दिएका थिए।

व्यवसायीहरूले २४ ओटा उद्योग बन्द गर्ने र ६ ओटा उद्योग सञ्चालन गर्ने प्रक्रिया गलत भएको बताएको जिकिर गरेका थिए । सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरन आयातमा भन्सार छुट दिएपनि छड उत्पादकहरूले मूल्य बढाएको गुनासो बढेपछि छलपल गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved