मेगा बैंकका कार्ड प्रयोगकर्तालाई विशेष ‘फेस्टिभल अफर’

नेपालभ्युज

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई विशेष ‘फेस्टिभल अफर’

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई-कमर्स कारोबारमा विशेष ‘फेस्टिभल अफर’ ल्याएको छ।

बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म क्यासब्याक र क्रेडिट कार्ड प्रयोगकर्तालाई १५ प्रतिशत वा १ हजारसम्म क्यासब्याकको अफर ल्याएको हो।

यसैगरी, मेगा बैंकमा खाता खोली पहिलोपटक ई-कमर्स कारोबार गर्ने डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई कारोबारको २० प्रतिशतसम्म वा २ हजारसम्म क्यासब्याक सुविधा दिइने भएको छ।

असोज २४ बाट कात्तिक २४ गतेसम्म सञ्चालन हुने यस अफर योजनामा सबैभन्दा बढी कारोबार गर्ने ५ जना डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई उपहार कार्डको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ।

यसैगरी, चाडपर्वभर मेगा बैंकले इ-कमर्स कारोबारमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved