लेखा समितिको सभापतिमा एमालेको दाबी

नेपालभ्युज

लेखा समितिको सभापतिमा एमालेको दाबी

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ। सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा एमाले सांसद गोकुल बास्कोटाले संसारभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यासले पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका हुन्।

चेक एन्ड ब्यालेन्सको लागि पनि सत्तापक्षले लेखा समितिको सभापति छाड्नुपर्ने उनको भनाई छ। उनले संसार भर नै लेखा समिति प्रतिपक्षीले सम्हाले अभ्यास रहेको जिकिर गरे।

बैठकमा समिति सभापति भरत शाहले सभापति पद छाड्ने कि नछाड्ने आफ्नो स्वेच्छाको कुरा भएको बताए। शाहले २०५६ सालदेखि नै आफू पनि लेखा समितिमा बस्दै आएको भन्दै २० वर्षको अवधिमा कसैले पनि राजीनामा गएर गएको आफूलाई थाहा नभएको तर्क गरे।

बैठकमा महालेखापरीक्षकको ५८ औ वार्षिक प्रतिवेदन, २०७८ बारे छलफल भएको थियो। महालेखापरीक्षक टंकमणी शर्माले ५ हजार चार सय ६१ वटा निकायको लेखापरिक्षण सम्पन्न भएको जानकारी दिए। शर्माले सरकारी निकायहरूको बेरुजु १ खर्व ४ अर्ब रहेको बताए।
उनले १ लाख चार हजार ७ सय २६ वटा दफामा बेरुजु देखिएको जानकारी दिए। समितिले सभापति भरत शाहले लेखापरिक्षणमा देखिएका समस्याहरूलाई हटाउन भूमिका खेल्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved