राप्रपाको जिल्ला अधिवेशनको मिति हेरफेर

नेपाल भ्युज

राप्रपाको जिल्ला अधिवेशनको मिति हेरफेर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले जिल्ला अधिवेशनको समय तालिका केही हेरफेर गरेको छ। तीन अध्यक्षसहित बसेको केन्द्रीय विशेष समितिको बैठकले जिल्ला अधिवेशन गर्ने म्याद कार्तिक १४ गतेसम्म थप गर्ने निर्णय गरेको हो।

राप्रपाले असोज २० गतेसम्म जिल्ला अधिवेशन गर्ने म्याद थपेकोमा उक्त अवधिमा ५२ जिल्लाको मात्रै अधिवेशन सम्पन्न भएपछि म्याद थप गरेको हो।

पार्टी अध्यक्षहरू डा प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणा र कमल थापाको उपस्थितिमा बसेको केन्द्रीय विशेष समितिको बैठकले जिल्ला अधिवेशनको मितिमा केही परिमार्जन भएको राप्रपाका केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताए। तर कार्तिक २७–३० सम्म हुने महाधिवेशनको मिति भने यथावत छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved