काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासत रहेका एक युवकको मृत्यु भएपछि स्थानीय र र आफन्तले इनहरुवा बजारमा प्रदर्शन गरेका छन्।
केही दिनअघि थुनामा रहेको एक कैदीबन्दी झुन्डिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीको थुनामा भेटिएपछि इनरुवा तनावग्रस्त बनेको हो। अभद्र व्यवहारको मुद्दामा थुनामा रहेका भोक्राहा नरसिंह गाउँपालिका-५ का हकिब मियाको मृत्यु भएको हो।
प्रहरी स्रोतका अनुसार मियाले हिन्दू समुदायकी खत्वे थरकी एक केटीलाई भगाएका थिए। तर, केटीपक्षले उजुरी गरेपछि मिया र खत्वेलाई प्रहरीले धनकुटाको हिलेबाट नियन्त्रणमा लिएको थियो।
हिलेबाट सुनसरी सदरमुकाम इनरुवा ल्याएर प्रहरीले खत्वेलाई परिवारको जिम्मा लगाएको थियो। तर, मियालाई भने अभद्र व्यवहार भन्दै थुनामा राखिएको थियो।
तर प्रहरीले नै हत्या गरेको आफन्तले आरोप लगाएका छन्। आक्रोशित स्थानीयवासीले इनरुवा बजारमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। आक्रोशित स्थानीयवासीले इनरुवा बजार बन्द गराएका छन्।
स्थानीयवासीले प्रहरीको सवारीमाथिसमेत तोडफोड गरेका छन्। भीड नियन्त्रण गर्न केही राउण्ड अश्रुग्याससमेत फायर गरिएको प्रहरीले जनाएको छ।