प्रधामन्त्रीले आज साक्षर गण्डकी प्रदेश घोषणा गर्ने

प्रधामन्त्रीले आज साक्षर गण्डकी प्रदेश घोषणा गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा निर्मित साक्षर गण्डकी प्रदेशको स्तम्भ अनावरण गर्ने भएका छन्।

पोखरामा उनले गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोह साथै पार्टीका कार्यक्रममा सहभागी हुनेछन्।

कार्यक्रम अनुसार साढे १० बजे पोखरा विमानस्थल आएसँगै प्रधानमन्त्रीले समारोहका प्रमुख अतिथिका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जानकारी दिए।

ती कार्यक्रमपछि नेपाली कांग्रेसका सभापति देउवा कांग्रेस पोखरा महानगरपालिका–१७ इकाइ समितिको आयोजना हुने विजयादशमी तथा दिपावली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने कांग्रेस कास्कीका सचिव सुदिपमोहन भट्टराईले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved