विश्वकप छनोट

इंग्ल्याण्ड र पोल्याण्डको गोल वर्षा

नेपाल भ्यूज

इंग्ल्याण्ड र पोल्याण्डको गोल वर्षा

विश्वकप छनोट खेलमा गएराति पोल्याण्ड र इंग्ल्याणले गोल वर्षा गरेका छन्।

पोल्याण्डले सान मारिनो तथा इंग्याल्याणले अण्डोरालाई समाना ५-० गोल अन्तरले हराएका हुन्। पोल्याण्डको जितमा चार जनाले एक-एक गोल गरे भने आत्मघाती एक गोल उपहार पाएको थियो। त्यसैगरी एकपक्षीय बनेको अर्को खेलमा इंग्याण्डका पाँचै जनाले एक-एक गोल गरे।

त्यसैगरी डेनमार्कले माल्दोभालाई ४-० गोलअन्तरले हराउँदा पहिलो हाफमै रातो कार्ड खाएको नर्थन आयरल्याण्डलाई स्वीट्जरल्याण्डले २-० ले पाखा लगायो। जितसँगै समूह ‘आइ’मा १९ अंकसहित शीर्ष स्थानमा छ। यही समूहमा पोल्याण्ड तेस्रो स्थानमा रहँदा समूहमा शतप्रतिशत जित निकालेको डेनमार्कको २१ अंक छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved