विवाद मिलाएर मात्रै महाधिवेशन गर्न एनआरएनएलाई परराष्ट्रको निर्देशन

नेपालभ्युज

काठमाडौँ। परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई महाधिवेशन प्रतिनिधि चयनमा देखिएको विवाद मिलाएर मात्रै १० औँ महाधिवेशन गर्न निर्देशन दिएको छ। परराष्ट्रसचिव भरतराज पौड्यालले एनआरएनएका अध्यक्ष कुमार पन्तलाई पत्र पठाउँदै विवादित विषय मिलाएर मात्रै महाधिवेशन गर्न निर्देशन दिएका हुन्। परराष्ट्रको उक्त पत्रले एनआरएनएको महाधिवेशन तोकिएको मितिमै नहुने सम्भावना बढेर गएको छ।

एनआरएनएको महाधिवेशन आगामी कार्तिक ६–८ गते काठमाडौंमा हुने तय गरिएको छ। उक्त महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने तालिका थियो।

६५ प्रतिशत महाधिवेशन प्रतिनिधि चयन गर्ने विधान स्पष्ट नभएको, विद्यार्थीहरूलाई विधान विपरीत सदस्यता वितरण गरिएको, तोकिएको अवधि समाप्त भएपछि पनि विभिन्न देशमा अधिवेशन गरिएको भन्दै परराष्ट्रले विवादित विषयको निरूपण नभएसम्म महाधिवेशन नगर्न पत्र पठाएको हो।

परराष्ट्रले जुलाई ३१ तारिखपछि भएका अधिवेशनहरूलाई मान्यता नदिनेसमेत जनाएको छ। उसले त्यसपछिका मितिमा भएका देशहरूमा अर्को निर्वाचन गर्न निर्देशन दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved