मुगुको फुलीमा जीप दुर्घटना, तीन घाइते

नेपालभ्युज

मुगुको फुलीमा जीप दुर्घटना, तीन घाइते
सांकेतिक तस्वीर

काठमाडौं। ब्रेक फेल भएर अनियन्त्रित हुँदा मुगुको फुली भन्ने ठाउँमा जिप दुर्घटना भएको छ। भे १ ज १०९९ नम्बरको सो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ। सोरु गाउँपालिकाको तारापानीबाट सदरमुकाम गमगढी बजारमा आउँदै गरेको जिप  दुर्घटना भएको हो।

जीपका सञ्चालक वीरेन्द्र मल्ल, हुम्ला सर्केगाड गाउँपालिकास्थित सिटिजन बैंकका शाखा प्रबन्धक कलम सेजुवाल र उनीसँगै गएका एकजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

टाउकोमा गम्भीर चोट लागेकाले सेजुवाललाई विमानमार्फत नेपालगन्ज लगिएको छ। बाँकी घाइतेको मुगु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved