चितवन निकुञ्ज प्रमुखमा आचार्य

नेपालभ्युज

चितवन निकुञ्ज प्रमुखमा आचार्य

काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतमा हरिभद्र आचार्य नियुक्त भएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट आचार्यलाई चितवन खटाइएको हो।

मन्त्रिपरिषद् विस्तार हुनुभन्दा एक दिन अघि २१ असोजमा वनमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनका पदाधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन्। चितवन निकुञ्ज प्रमुख अणनाथ बराल वन्यजन्तु विभागमा तानिएका छन्।

यसैगरी सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा डा. माधवबहादुर कार्कीलाई नियुक्त गरेको छ। गत साताको मन्त्रिपरिषद्को बैठकले वन, वातावरण, खाद्य सम्प्रभुता जैविक विविधता, प्राकृतिक स्रोत व्यवस्थापन विज्ञ कार्कीलाई कोषको अध्यक्ष नियुक्त गरेको हो।

बुधबार पदभार सम्हालेका कार्की आगामी पाँच वर्षसम्म कोषको नेतृत्वमा रहने छन्। यसअघिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले पदबाट राजीनाम दिएपछि कोषको नेतृत्व खाली थियो। कोषमा प्रधानमन्त्री संरक्षक रहने व्यवस्था छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)मा उपकार्यकारी निर्देशक रहेका कार्की, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, विश्व वैंक, एसियाली विकास बैंक लगायतका संस्थामा आवद्ध थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved