काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले भागबण्डा मिलाउँदा पार्टीभित्रकै योग्य नेतालाई अवसर दिन नसकेको बताएका छन्।
स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाद्धारा शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै उनले क्षमतावान् र महत्वपूर्ण साथीलाई मन्त्री बनाउन नसकेको बताए।
गठबन्धनका कारण अहिले पार्टीभित्रबाट योग्य नेताहरूलाई समेट्न नसकेको बाध्यतालाई बुझ्नुपर्ने उनको भनाइ थियो।
समेट्न नसकिएका बाध्यतालाई बुझ्नुपर्ने बताउँदै उनले आगामी दिनमा सबैलाई समेट्ने आश्वासन दिए।
गठबन्धन सरकार बनेको ८८ दिनपछि देउवाले शुक्रबार मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।
Facebook Comment
Comment