बलुन डी’ओरको मनोनयनमा मेस्सीदेखि पेड्रीसम्म

सूचीमा किलियन एमबाप्पे, नेइमार, रोबर्ट लेवान्डोस्की, जोर्गिन्हो, लुका मोड्रिक, रोमेलु लुकाकु, केभिन डे ब्रुयनलगायत खेलाडी अटाएका छन्। यी ३० मध्येबाट एकजनाले अवार्ड पाउनेछन्।

नेपालभ्युज

बलुन डी’ओरको मनोनयनमा मेस्सीदेखि पेड्रीसम्म

काठमाडौं। बलुन डी’ओर अवार्डको मनोनयन सूची सार्वजनिक भएको छ। फुटबल क्षेत्रकै प्रतिष्ठित अवार्डको मनोनयनमा परेका ३० खेलाडीको नाम सार्वजनिक भएको हो।

फ्रेन्च फुटबलले शुक्रबार मनोनयनमा परेका खेलाडीहरुको सूची सार्वजनिक गरेको हो। उक्त सूचीमा ६ पटकका विजेता अर्जेन्टिनी स्टार लियोनल मेस्सी, पोर्चुगिज क्रिस्टियानो रोनाल्डोसहित नयाँ खेलाडी स्पेनका पेड्रीसमेत समावेश छन्।

सूचीमा किलियन एमबाप्पे, नेइमार, रोबर्ट लेवान्डोस्की, जोर्गिन्हो, लुका मोड्रिक, रोमेलु लुकाकु, केभिन डे ब्रुयनलगायत खेलाडी अटाएका छन्। यी ३० मध्येबाट एकजनाले अवार्ड पाउनेछन्।

खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा बलुन डी’ओर अवार्डको विजेताको घोषणा पेरिसमा आगामी २९ नोभेम्बरमा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved