बलात्कार मुद्दामा सफाइ पाएका रोनाल्डोलाई प्लेयर अफ दि मन्थ अवार्ड

रोनाल्डोले इंग्लिस प्रिमियर लिग फुटबलमा सेप्टेम्बर महीनाको उत्कृष्ट खेलाडी बन्दै प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन्। उनले लिगमा सेप्टेम्बरमा ३ गोल गरेका थिए।

नेपाल भ्युज

बलात्कार मुद्दामा सफाइ पाएका रोनाल्डोलाई प्लेयर अफ दि मन्थ अवार्ड

एजेन्सी। बलात्कार मुद्दामा सफाइ पाएका पोचुगिज स्टार क्रिस्टियानो रोनाल्डोले प्लेयर अफ दि मन्थ अवार्ड पाएका छन्। प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड रोनाल्डोले अवार्ड जितेका हुन्।

रोनाल्डोले इंग्लिस प्रिमियर लिग फुटबलमा सेप्टेम्बर महीनाको उत्कृष्ट खेलाडी बन्दै प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन्। उनले लिगमा सेप्टेम्बरमा ३ गोल गरेका थिए।

यसबीचमा रोनाल्डोले आफूमाथि लागेको बलात्कारको मुद्दामा समेत सफाइ पाएका छन्। उनीमाथि आरोप लगाउँदै दर्ता भएको मुद्दा नेभाडाको एक संघीय न्यायाधीशले रद्द गर्ने अन्तरिम फैसला गरेका छन्।

न्यायाधीश ड्यानियल अलब्रेट्सले रोनाल्डोको पक्ष अन्तरिम फैसला गर्दै उनी निर्दोष भएको बताए। सन् २०१० मा क्याथरिन मेयोर्गाले आफू यौन दुर्व्यवहारमा परेको भन्दै रोनाल्डोविरुद्ध मुद्दा हालेकी थिइन्।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved