को हुन् एकीकृत समाजवादीबाट बनेका चार मन्त्री?

नेपालभ्युज

को हुन् एकीकृत समाजवादीबाट बनेका चार मन्त्री?

नेकपा एमालेबाट फुटेर माधव नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) एक महीनामै सरकारमा गएको छ। गठबन्धनबाट बनेको शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा नेकपा (एस)ले रामकुमारी झाँक्री, प्रेम बहादुर आले, विरोध खतिवडा र कृष्णकुमार श्रेष्ठ किसानलाई सरकारमा पठाएको छ। आज मन्त्री बनेका नेकपा (एस) का चार नेता को हुन्र? शुक्रबार मन्त्री बनेका चार मन्त्रीहरूको परिचयात्मक विवरण यसप्रकार छ।

रामकुमारी झाँक्री

ठेगाना : मदाने गाउँपालिका गुल्मी

हालको ठेगाना : शंखमूल, काठमाडौं

जन्मस्थान/जन्ममिति : २०३५ जेठ १० गते/गुल्मी

बाबु आमाको नाम : स्व. रत्नबहादुर झाँक्री र रणकुमारी झाँक्री

पारिवारिक विवरण: श्रीमान् पशुपतिबाबु पुरी र एक छोरा

शैक्षिक योग्यता : स्नातकोत्तर (मानविकी) र स्नातक (कानुन)

निर्वाचन प्रणाली : समानुपातिक

राजनीतिक आबद्धता : २०४७ सालमा पृथ्वी मावि गुल्मीबाट अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य हुदै विद्यार्थी राजनीति प्रारम्भ। विद्यार्थी र महिला फाँटमा विभिन्न भूमिका र नेतृत्वमा रहदै तत्कालीन एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको १९औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित। पार्टीका विभिन्न भूमिका रहेर काम गर्दै तत्कालीन एमालेको नवौं राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य २०७५।

संसदीय यात्रा : संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा समानुपातिक प्रणालीबाट निर्वाचति। हाल अर्थ समिति सदस्य।
विशेष रचि : इतिहास, दर्शन र साहित्य अध्ययन। सार्वजनिक नीति र विकास।

राजनीतिक घटनाक्रम : प्रमुख राजनीतिक आन्दोलनमा सक्रिय सहभागी। राजनीतिक आन्दोलनका क्रममा पटक–पटक प्रहरी हिरासत तथा थुनामा।

राज्यबाट नभई आफूले इतिहासबाट सम्मान पाएको बताउने सासद झाँक्री वामपन्थी राजनीतिमा सक्रिय युवा नेतृ हुन्। उनले अनेरास्ववियुको अध्यक्षको जिम्मेवारी पनि पूरा गरेकी छन्। पारिताका कृतिवाट प्रभावित रहेको बताउने उनी पारिजात संघर्षशील नारी पुरस्कार पनि प्राप्त गरेकी छन्। आफूलाई आवाजविहीन र दवाइएकाहरुको आवाज बोल्ने व्यक्तिका रुपमा परिचित गराउन चहाने झाँक्री, विधायकका रुपमा पहिलो संसदीय यात्रा हो। २०६२/६३ को जनआन्दोलका वेला र एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्दा त्यसो विरोध गर्दै आन्दोलनको अग्रभागमा थिइन्। नेकपा एमाले विभाजन भएसंगै उनी अहिले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सचिव वनेकी छन्।

 प्रेमबहादुर आले

जिल्ला ठेगाना: जोरायल गाउँपालिका २, डोटी

अस्थायी ठेगाना : काठमाडौ

जन्मस्थान जन्ममिति : २०२८ वैशाख १५ गते/डोटी

बाबु आमाको नाम : टेकबहादुर आले/गंगादेवी आले

पारिवारिक विवरण : श्रीमती खगोदेवी आले/दुई छोरा र दुई छोरी

शैक्षिक योग्यता : प्रवीणता प्रमाणपत्र तह

निर्वाचन प्रणाली : प्रत्यक्ष (डोटी १)

राजनीतिक आबद्धता : २०५४ सालमा तत्कालीन नेकपा एमाले जिल्ला कमिटी सदस्य डोटी तथा २०६२ सालमा नेकपा एमाले जिल्ला कमिटी उपसचिव रही काम गरेको। २०६५ मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा निर्वाचित, २०७१ को ९ औं महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य २०७५ र डोटी इञ्चार्ज २०७६।

संसदीय यात्रा : संविधानसभा सदस्य निर्वाचन २०७० मा डोटी २ बाट निर्वाचित। संघीय संसद प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा डोटीबाट प्रत्यक्ष निर्वाचित। हाल प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सदस्य।

विशेष जिम्मेदारी : जिल्ला विकास समिति डोटीको सदस्य २०५४

राजनीनिधि अघिको पेशा : निर्माण व्यवसाय

विशेष पत्रिका क्षेत्र – विकास तथा अर्थतन्त्र

राजनीतिक घटनाक्रम : तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा नगर निर्वाचन बहिष्कार आन्दोलन सञ्चालन गरेको। २०६२/०६३ को जनआन्दोलमा सहभागी हुने क्रममा प्रहरीले नियन्त्रणमा लिई १३ दिन थुनामा राखेको छ।

आफूलाई विकास अभियन्ता र सामाजिक सद्भाव र एकताको पक्षधरका रूपमा परिचित गराउन चाहने सांसद प्रति निर्माण व्यवसायमा संलान भए पनि राजनीतिसँग सधै नजिक रहे। संविधानसभा सदस्य निर्वाचन २०७० मा निर्वाचित भएपछि उनी लगातार डोटीबाट जनप्रतिनिधि बनेका छन्। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा उनी वन मन्त्री समेत भएका थिए। वन मन्त्री हुदा उनी विवादीत बने। अन्तत ओलीले मन्त्रीवाट वर्खास्त गरेका थिए। मन्त्रीवाट बर्खास्थिती संगै उनी माधब नेपाल क्याम्पमा पुगेका थिए। अन्तत एमाले विभाजन संगै माधब नेपाल नेतृत्वको नेकपा (एस)मा लागेका थिए।

विरोध खतिवडा

जिल्ला ठेगाना: हेटौंडा उपमहानगरपालिका ४, मकवानपुर

जन्मस्थान जन्ममिति : २०१७ साल मकवानपुर

बाबु आमाको नाम: बद्रीप्रसाद खतिवडा/स्व. महालक्ष्मी खतिवडा

पारिवारिक विवरण : श्रीमती मुनु सिग्देल/छोरा एक, छोरी एक

शैक्षिक योग्यत : स्नातक (कानुन)

निर्वाचन प्रणाली : प्रत्यक्ष (मकवानपुर २)

राजनीतिक आबद्धता : २०३५ सालमा अनेरास्ववियु काठमाडौं जिल्लाको अध्यक्षबाट विद्यार्थी राजनीतिको सुरुवात। २०३७ देखि २०४० सम्म अनेरास्ववियु केन्द्रीय सदस्य। कम्युनिस्ट पार्टीमा आबद्ध भएर २०३५ देखि विद्यार्थी र पार्टी फाँटमा सक्रिय। नेकपा (एमाले) को लेखा आयोगको सदस्य, उद्योग विभागको सदस्य भएर काम गरेको। एमालेको केन्द्रीय सदस्य। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य २०७५।

संसदीय यात्रा : प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८, २०५१ र २०५६ मा मकवानपुरबाट निर्वाचित। संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा मकवानपुर २ बाट निर्वाचित। हाल सार्वजनिक लेखा समिति सदस्य।

विशेष जिम्मेवारी : प्रतिनिधिसभा, शिक्षा स्वास्थ्य जनसंख्या तथा श्रम समिति सभापति।

राजनीतिअघिको पेसा : कानुन व्यवसाय

विशेष रुचिको क्षेत्र: समाज परिवर्तन

राजनीतिक घटनाक्रम : पञ्चायत विरुद्धको राजनीतिक आन्दोलन र राजतन्त्र विरुद्धको आन्दोलनका क्रममा १२ पटक गरी जेल र हिरासतमा।
संस्थागत आवद्धता : बार एसोसिएसनको सदस्य

राजनीतिलाई समाज परिवर्तनको साधनका रूपमा प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने सांसद खतिवडा २०३५ सालबाट सक्रिय राजनीतिमा लागेका थिए। करिव तीन दशकदेखि संसदीय राजनीतिको अनुभव रहेका खतिवडा पथक प्रस्तुतिका कारण फरक पहिचान बनाउन सफल विधायक पनि हुन्। कानुन व्यवसाय र राजनीतिक आन्दोलनलाई संगसंगै अघि बढाएका उनी २०४८ सालमा पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनी संसदीय राजनीतिमा अनुभवी विधायकको रुपमा चिनिन्छन्। नेकपा एमाले विभाजन पछि उनी नेकपा (एस)मा आवद्ध छन्।

कृष्णकुमार श्रेष्ठ किसान

जिल्ला ठेगाना : व्यास नगरपालिका, ४ तनहुँ

स्थायी ठेगाना : तनहुँ

अस्थायी : महाराजगञ्ज, काठमाडौं

जन्मस्थान जन्ममिति : २०२४ पुस ७ गते/तनहुँ

बाबु/आमाको नाम : केवलबहादुर श्रेष्ठ/ लेसकुमारी श्रेष्ठ

पारिवारिक विवरण : श्रीमती/दुई छोरा

शैक्षिक योग्यता : आइकम

निर्वाचन प्रणाली : प्रत्यक्ष (तनहुँ १)

राजनीतिक आबद्धता : २०३८ सालमा अनेरास्ववियुको विद्यार्थी जिल्ला कमिटी आवद्ध भई विद्यार्थी राजनीतिको सुरुवात। २०५२ सालमा नेकपा एमालेको सदस्य। एमाले तनहुँको सल्लाहकार रहेर काम गरेको। हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तनहुँ जिल्ला कमिटीमा आबद्ध।

संसदीय यात्रा : संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा तनहुँ १ बाट निर्वाचित। हाल उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्य।

राजनीतिअघिको पेसा : व्यापार व्यवसाय।

विशेष रुचिको क्षेत्र : अर्थतन्त्र र उद्योग व्यापार।

संघ सस्थामा आबद्धता : रेडक्रसको आजीवन सदस्य। लायन्स क्लबमा आवद्ध।

व्यापारिक पृष्ठभूमिबाट सक्रिय राजनीतिमा लागेका श्रेष्ठको राजनीतिक आबद्धता भने तीन दशकभन्दा बढी छ। भौतिक पूर्वाधारका क्षेत्रमा आफूलाई दक्षता राख्ने व्यक्तिको रूपमा समेत दावी गर्ने श्रेष्ठको संसदीय राजनीतिको यात्रा भने पहिलो हो। २०७४ सालको संसदीय निर्वाचनमा श्रेष्ठले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए। पौडेललाई निर्वाचनमा पराजित गरेसंगै उनी नेपाली राजनीतिमा चर्चा कमाएका थिए। एमाले विभाजन संगै अहिले उनी नेकपा (एस) मा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved