पछिल्लो २४ घन्टामा ७६४ जनामा कोरोना संक्रमण, १० को मृत्यु

नेपाल भ्यूज

पछिल्लो २४ घन्टामा ७६४ जनामा कोरोना संक्रमण, १० को मृत्यु

काठमाडौं। १० हजार ६८८ नमुना परीक्षणमा ७६४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ९ हजार ४६६ नमुनाको पीसीआर र १ हजार २२२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

जसमध्ये पीसीआर विधिबाट ७१५ र एन्टिजेन विधिबाट ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको हो। मन्त्रालयका अनुसार मंगलबार थप १०३३ जना कोरोनामुक्त भएका छन्। कोरोनाका सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ पुगेको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved