को हुन् थपिएका कांग्रेसका चार मन्त्री ?

नयाँ मन्त्रिमण्डलमा कांग्रेसबाट थपिएका मन्त्रीहरूको परिचयात्मक विवरण

नेपालभ्युज

को हुन् थपिएका कांग्रेसका चार मन्त्री ?

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारमा कांग्रेसबाट प्रधानमन्त्रीसहित नौ जना सहभागी भएका छन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएलगत्तै उनले कानून र गृहमन्त्री आफ्नै दलबाट क्रमशः ज्ञानेन्द्र बहादुर कार्की र बालकृष्ण खाँणलाई बनाएका थिए।

६ असोजमा नारायण खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका थिए। तर मन्त्री कार्कीलाई हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा दिइएको छ भने कानूनमन्त्री दिलेन्द्र बडूलाई बनाइएको छ।

नयाँ मन्त्रिमण्डलमा कांग्रेसबाट कानून, न्याय तथा संसदीय मामिला दिलेन्द्र बडु, महिला बालबालिका तथा ज्येष्ठ नागरिक उमा रेग्मी, रक्षा  मीनेन्द्र रिजाल र खानेपानी उमाकान्त चौधरी बनेका छन्। उनीहरूको परिचयात्मक विवरण यसप्रकार छ।

मीनेन्द्रप्रसाद रिजाल

जिल्ला र ठेगाना – विराटनगर महानगरपालिका ३ मोरङ

हालको ठेगाना – काठमाडौं।

जन्मस्थान/ जन्ममिति– २०१४ असोज ३० गते सुनसरी

बाबु /आमाको नाम – श्रीप्रसाद रिजाल/पुण्य कुमारी रिजाल

पारिवारिक विरण श्रीमती दुर्गा भट्टराई /एक छोरा, एक छोरी

शैक्षिक योग्यता –विद्यावारिधि (अमेरिका न्यूयोर्क विश्वविद्यालय)

निर्वाचन प्रणाली – प्रत्यक्ष (मोरङ २ )

राजनीतिक आबद्धता – २०२६ सालमा धरानको जनता हाइस्कूल विद्यार्थी यूनियनको निर्वाचनबाट विद्यार्थी राजनीतिको औपचारिक शुरुवात। नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्याक्ष (२०३६–२०३८) विद्यार्थी राजनीतिपछि पार्टीगत राजनीति शुरु। नेपाली कांग्रेस केन्द्रीय सदस्य।

संसदीय यात्रा– संविधानसभा सदस्य २०७०। संविधान मस्यौदा समिति सदस्य। संघीय संसद प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा मोरङ २ बाट निर्वाचित। हाल सार्वजनिक लेखा समिति सदस्य।

कार्यकारी भूमिका –संघीय मामिलना, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री (२०६६–२०६८ सम्म) सूचना तथा सञ्चारमन्त्री (२०७०–२०७२)

राजनीतिक नियुक्ति– तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख राजनीतिक सल्लाहकार २०५३, प्रधानमन्त्रीको अध्यक्षतामा रहेको माओवादी सेना समायोजन विशेष समिति सदस्य २०६५–२०७०,

विशेष रुचिको क्षेत्र– समाजसेवा र अर्थतन्त्र।

राजनीतिक घटनाक्रम– आन्दोलनको क्रममा २०३३ सालमा पहिलोपटक जेल परेका। राजनीतिक आन्दोलनमा सहभागी हुने क्रममा पटक पटक गिरफ्तारी र जेल जीवन।

व्यापार प्रशासन र व्यवस्था र राजनीतिक अर्थतन्त्रमा विशेष अध्ययन भएका नेता रिजाल राजनीतिसँगै शिक्षण पेसा र समाजसेवामा पनि क्रियाशील छन्। अर्थतन्त्र परराष्ट्र मामिलामा उनको विशेष रुचि छ। राज्यका तर्फबाट उनले महेन्द्र विद्या विभूषण ‘क’ र ‘ख’ श्रेणी प्राप्त गरेका छन्।

उमाकान्त चौधरी

जिल्ला ठेगाना : ललितपुर महानरपालिका १, ललितपुर

स्थायी ठेगाना : अमाव, बारा

हालको ठेगाना : ललितपुर

जन्मस्थान/जन्ममिति : २०२३ भदौ १५ गते/बारा

बाबु आमाको नाम : चन्द्रिकाप्रसाद चौधरी/मधेशीयादेवी चौधरी

पारिवारिक विवरण : श्रीमती/एक छोरा र तीन छोरी

शैक्षिक योग्यता : एमएस्सी (वनस्पतिशास्त्र)

निर्वाचन प्रणाली: प्रत्यक्ष (बारा १)

राजनीतिक आबद्धता : २०३६ सालबाट विद्यार्थी राजनीतिमा आबद्ध भई राजनीतिक जीवन प्रारम्भ। नेपाल विद्यार्थी संघ त्रिविवि समिति उपाध्यक्ष। नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य। नेपाल तरुण दलको केन्द्रीय सदस्य। कांग्रेस महासमिति सदस्य २०४८ सालदेखि २०६५ सालसम्म। नेपाली कांग्रेस केन्द्रीय सदस्य।

संसदीय यात्रा : प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा बारा १ बाट निर्वाचित। संविधानसभा सदस्य निर्वाचन २०६४ मा बारा ५ बाट निर्वाचित। संविधानसभा र व्यवस्थापिकाका समितिमा रहेर जिम्मेवारी निर्वाह। संघीय संसद् प्रतिनिधिसभा सदस्य २०७४ मा बारा १ बाट विजयी। हाल शिक्षा तथा स्वास्थ्य समिति सदस्य।

विशेष जिम्मेवारी : सहायकमन्त्री कृषि तथा सहकारी (२०५९) स्वास्थ्य तथा जनसंख्यामन्त्री (२०६४)

विशेष रुचि : शिक्षा तथा विज्ञानसम्बन्धी विषय।

राजनीतिक घटनाक्रम : राजनीतिक आन्दोलनका क्रममा पटक–पटक प्रहरी हिरासतमा। र बन्दी जीवनसमेत व्यत्तित। २०३६, २०४२, २०४६, २०६२/०६३ सालको राजनीतिक आन्दोलनमा सहभागी।

तीन दशकभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय रहेका चौधरी आफूलाई समानता र सामाजिक न्यायको पक्षधरका रूपमा परिचित गराउन चाहन्छन्। नेपाल विद्यार्थी संघको राजनीति हुँदै कांग्रेस केन्द्रीय सदस्यसम्म भइसकेका चौधरी संसदीय राजनीतिमा पनि अनुभवी राजनीतिज्ञका रूपमा परिचित छन्। चौधरी नेपाली कांग्रेसका नेता कृष्ण सिटौला पक्षका नेता हुन्।

दिलेन्द्रप्रसाद बडू

जिल्ला ठेगाना : महाकाली नगरपालिका ५, दार्चुला

अस्थायी ठेगाना : काठमाडौं

जन्मस्थान जन्ममिति : २०११ जेठ २७ गते/ दार्चुला

बाबु आमाको नाम : स्व. नन्दी/कलशादेवी

पारिवारिक विवरण : श्रीमती/दुई छोरा र एक छोरी

शैक्षिक योग्यता : एमए (भूगोल)

निर्वाचन प्रणाली : समानुपातिक

राजनीतिक आबद्धता : राजनीतिक आन्दोलनमा २०३६ सालदेखि नै सक्रिय भए पनि २०४६ सालमा नेपाली कांग्रेस दार्चुलाको सचिव भएपछि औपचारिक रूपमा सक्रिय राजनीतिमा आबद्ध। प्राध्यापनका क्रममा नेपाल प्राध्यापक संघको सचिव। नेपाली कांग्रेसबाट लगातार चौथो पटक केन्द्रीय सदस्य हुँदै संगठनका विभिन्न भूमिकामा क्रियाशील।

संसदीय यात्रा : प्रतिनिधिसभा सदस्यमा २०४८ र २०५६ मा दार्चुलाबाट निर्वाचित। जनआन्दोलनपछि पुनः स्थापित संसद्मा प्रतिनिधित्व। संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा समानुपातिक प्रणालीबाट निर्वाचित। हाल राज्य व्यवस्था तथा सुशासन समिति सदस्य।

विशेष जिम्मेवारी : २०४८–२०५१ मा आवास तथा भौतिक योजना सहायक मन्त्री। २०५६ मा शिक्षा तथा खेलकूद राज्यमन्त्री। सञ्चार र वन मन्त्रालयमा मन्त्रीको रूपमा जिम्मेवारी।

विशेष रुचि : विकास/अध्ययन तथा अध्यापन

राजनीतिअघिको पेशा : शिक्षक, विश्वविद्यालयमा प्राध्यापन

राजनीतिक घटनाक्रम : राजनीतिक आन्दोलनका क्रममा पटक–पटक प्रहरी हिरासत तथा २०६२/०६३ को जनआन्दोलनको समयमा बन्दी बनाइएको।

संसदीय राजनीतिमा अभ्यस्त बडू परिपक्व विधायकका रूपमा चिनिन्छन्। प्राध्यापन पेसा त्यागेर पूर्णकालीन राजनीतिमा लागेका उनी कांग्रेसको प्रभावशाली नेतामध्ये एक हुन्। बडूले पटक–पटक गरी चार पटक राज्यको कार्यकारी निकायमा बसेर काम गरे।

संविधानसभा सदस्य निर्वाचनमा भने उनी पराजित भएका थिए।

उमा रेग्मी

जिल्ला ठेगाना : भरतपुर महानगरपालिका ५, चितवन

स्थायी ठेगाना : तोरीखेत, चितवन

हालको ठेगाना : सूर्यविनायक, भक्तपुर

जन्मस्थान/जन्ममिति : २०११ असार ३१ गते /गोरखा

बाबु/आमाको नाम : स्व. खडानन्द रेग्मी/स्व. लक्ष्मीदेवी रेग्मी

पारिवारिक विवरण : श्रीमान् गोविन्द विक र एक छोरा

शैक्षिक योग्यता : स्नातकोत्तर (प्रथम श्रेणीमा प्रथम)

निर्वाचन प्रणाली : समानुपातिक

राजनीतिक आबद्धता : २०२८ सालमा शारदानगर हाइस्कूल चितवनको नेपाल विद्यार्थी संघको इकाइ उपसभापतिवाट विद्यार्थी राजनीतिमा संलग्न। २०३६ सालमा नेविसंघ केन्द्रीय सदस्य हुँदै २०४९ मा नेपाली कांग्रेसको महासमिति सदस्य। २०५८ सालमा नेपाल महिला संघको केन्द्रीय अध्यक्ष (प्रथम अधिवेशन) पार्टीमा निरन्तर क्रियाशील रही विभिन्न कमिटीमा रहेर कार्यसम्पादन। कांग्रेस केन्द्रीय सदस्य।

संसदीय यात्रा : संसदीय निर्वाचन २०४८ मा पर्वत २ बाट प्रत्यक्ष निर्वाचित। पुन:स्थापित प्रतिनिधिसभा सदस्य। २०६४ मा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य। प्रतिनिधिसभा निर्वाचन २०७४ मा कांग्रेसका तर्फबाट समानुपातिक सदस्य। हाल अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य।

राजनीतिअघिको पेसा : प्राध्यापन १० वर्षसम्म

विशेष रुचिको क्षेत्र : परराष्ट्र मामिला, महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्र

राजनीतिक घटनाक्रम : राजनीतिक आन्दोलनका क्रममा विभिन्न समयमा करिब ३ वर्ष जेल जीवन।

आफूलाई सामाजिक सद्भाव र एकताको पक्षधरका रूपमा परिचित गराउन चाहने रेग्मी विद्यार्थी राजनीतिबाटै जनताका आवाज उठाउने संलग्न रहिन्। मत, शिक्षा र महिला नेतृत्व विकास पुस्तक, महिलाहरूका लागि नेतृत्व विकास तालिम पुस्तिका, त्रुटि विश्लेषण (थेसिस) लगायत कृतिहरू प्रकाशित छन्। सांसद रेग्मीले २०४४ सालमा महेन्द्र विद्याभूषण प्राप्त गरेकी छन्। उनी शेरबहादुर देउवानिकट नेतृ हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved