क्यासल पोखराले जित्यो पहिलो राष्ट्रिय ‘ए’ डिभिजन फुटसल

नेपालभ्युज

क्यासल पोखराले जित्यो पहिलो राष्ट्रिय ‘ए’ डिभिजन फुटसल

काठमाडौं । स्पोर्टस क्यासल पोखराले राष्ट्रिय ‘ए’ डिभिजन लिग फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फाद्वारा) आयोजित लिगको फाइनलमा शंखमूल फुटसल ४-२ ले हराउँदै क्यासलले उपाधि जितेको हो। पोखराको बहुद्देश्यीय कभर्ड हलमा भएको खेलमा घरेलु टिम क्यासको जितमा किशोर गुरुङले ह्ययाट्रिक गरेका थिए। त्यसैगरी थप एक गोल विजय गुरुङले गरे।

शंखमुलका लागि लक्ष्मण थापामगर र मणि लामाले एक-एक गोल गरे। पहिलो लिग उपाधिसँगै क्याससले १० लाख नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता शंखमुलले पाँच लाख पायो। राउण्ड रोबिन लिगमा पनि मात्र एक खेल हारेको क्यासल पहिलो भएको थियो।

२ असोजदेखि २२ गतेसम्म २० दिन चलेको प्रतियोगितामा १० ‘ए’ डिभिजन क्लबहरूको सहभागिता थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved