तान्जानियन लेखक गुर्नाहलाई नोबेल साहित्य पुरस्कार

नेपालभ्युज

तान्जानियन लेखक गुर्नाहलाई नोबेल साहित्य पुरस्कार

एजेन्सी। यस वर्षको नोबेल साहित्य पुरस्कार तान्जानियाली मूलका बेलायत निवासी उपन्यासकार अबदुलरजाक गुर्नाहलाई प्रदान गरिएको छ ।

‘उपनिवेशवादको प्रभाव तथा संस्कृति र महादेशीय खाडलका बीच शरणार्थीको भाग्यका बारेमा’ निरन्तरको लेखनलाई आधार बनाएर गुर्नाहलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको ‘स्विडिस एकेडेमी अफ नोबेल कमिटी’ले जनाएको छ ।

हिन्द महासागरमा पर्ने तान्जिनियाको ज्यान्जिबार टापूमा सन् १९४८ मा जन्मिएका गुर्नाह सन् १९६० को दशकको अन्त्यतिर शरणार्थीका रुपमा बेलायत पुगेका थिए ।

हालसम्म उनका १० उपन्यास र कथारू प्रकाशित छन् ।

उनका उपन्यासमा विछोडको स्मृति, असफल आन्दोलन आदि समेटिएको हुने नोबेल कमिटीका अध्यक्ष एन्डेर्स ओल्सनले भनेका छन् ।

“गुनार्हको साहित्यिक संसारमा स्मृति, नाम, पहिचान लगायतका हरेकथोक परिवर्तनशील हुन्छन्”, ओल्सनले भनेका छन्, “उनका हरेक पुस्तकमा एउटा बौद्धिक रुचिका साथ अविराम खोजले काम गरकेो हुनछ ।”

सन् १९८६मा वोल सोयिन्काले पछि कुनै पनि अश्वेत अफ्रिकाली लेखकले नोबेल पुरस्कार प्राप्त गरेका थिएनन् । ‘मेमोरी अफ डिपार्चर’, ‘पिल्ग्रिम्स वे’, ‘डोट्टी’, ‘प्याराडाइज’, ‘द लास्ट गिफ्ट’, ‘अफ्टरलाइभ्स’ आदि उनका प्रकाशित उपन्यास हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved