गठबन्धन बैठक : नेकपा (एस) लाई दुई मुख्यमन्त्री दिने सहमति

नेपालभ्युज

गठबन्धन बैठक : नेकपा (एस) लाई दुई मुख्यमन्त्री दिने सहमति
फाइल तस्वीर

काठमाडौं । सत्तारुढ दलबीच नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री दिने सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धन बैठकले नेकपा (एस)लाई प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री दिने सहमती गरेको हो। मन्त्रिपरिषद् विस्तारमा सत्तारुढ दलबीच भागबण्डा पेचिलो बनेपछि नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएको नेकपा (एस) का एक नेताले जानकारी दिए।

यसअघि बागमतीमा कांग्रेसले मुख्यमन्त्री दाबी गरेको थियो। नेकपा (एस)बाट मुख्यमन्त्रीका लागि राजेन्द्र पाण्डेको दाबी छ। गत २ भदौको प्रदेशसभामा नेकपा एमालेको एकल बहुमतका आधारमा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी अष्टलक्ष्मी शाक्यले यही २४ असोजमा विश्वासको मत लिँदै छिन्।

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान भइसकेको छ। उक्त प्रदेश १ मा नेकपा (एस) का सचिव राजेन्द्र कुमार राईको दाबी छ। गत १० भदौमा मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका थिए। संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनु पर्ने हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved