यात्रुसँग बढी भाडा लिने ९ बिचौलिया पक्राउ

नेपालभ्युज

यात्रुसँग बढी भाडा लिने ९ बिचौलिया पक्राउ

काठमाडौँ। उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने नौ जना बिचौलिया पक्राउ परेका छन्। ट्राफिक प्रहरी महाशाखाबाट विभिन्न ठाउँमा खटिएको टोलीले टिकट मिलाइदिने भन्दै बढी भाडा लिने बिचौलियालाई पक्राउ गरेको हो।

नयाँ बसपार्कका विभिन्न काउन्टरमा आवद्ध भई मोलमोलाई गर्ने समीर श्रेष्ठ, किरण लिम्बु र सविन राई तथा टिकट काउन्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिरङ गर्ने राज ठकुरी, विशाल गुरुङ र रमेश कठायत गोंगबुबाट पक्राउ परेका छन्।

यसैगरी कलंकीबाट नबीन केसी तथा बल्खुबाट अरुण मगर र विनोद राणालाई सादा पोशाकमा खटिएको प्रहरीले पक्राउ गरेको हो।

दशैँको बेला भिडभाडको मौका छोपी यात्रुलाई ठगी गर्ने, बढी भाडा लिने, डबल टिकट काट्ने समूहलाई नियन्त्रण गर्न र सहज र सुरक्षित यात्राको व्यवस्था गर्न ट्राफिक प्रहरीले सादा पोशाकमा विशेष अनुगमन टोली परिचालन गरेको छ।

चाडपर्वमा यात्रुसँग बढी भाडा लिई टिकट काट्ने, मोलमोलाई गर्ने व्यक्तिको निगरानीका साथ यात्रुसँग गोप्य रूपमा बुझेर चाडपर्वमा ठग्न खोज्नेलाई कारबाही गर्न शुरु गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved