भारतको श्रीनगर, जम्मु कश्मीरमा आतंकवादीले इदगाह क्षेत्रको एक सरकारी स्कुलमा हमला गरी स्कुलका प्रन्सिपल र शिक्षकको हत्या गरेका छन्।
गभरमेन्ट बोइज हाई स्कुलमा प्रवेश गरी आतंकवादीहरूले गोली चलाएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। जहाँ प्रिन्सिपल सतिन्दर कौर र शिक्षक दीपक चन्दको मृत्यु भएको छ।
सतिन्दर कौर शिख समुदायका र दीपक चन्द कश्मीरी पण्डित थिए। अहिले सुरक्षा फोर्स घटनास्थल पुगेको छ र आतंकवादीहरूको खोजी गरिरहेको छ। यो उपत्यकामा पाँच दिनमा सर्वसाधारणको हत्या भएको सातौं घटना हो, जसमध्ये ६ जना श्रीनगरका छन्।
जम्मू कश्मीरका डीजीपी दिलबाग सिंहले भने, “स्थानीय मुस्लिमलाई बदनाम गर्ने षडयन्त्र हो। काश्मिरको साम्प्रदायिक सद्भाव भंग गर्ने षड्यन्त्रको भागको रूपमा निहत्था नागरिकको हत्या भइरहेको छ। यसले आतंकवादीको निराशा र क्रूरतालाई स्पष्ट रुपमा देखाउँछ। आतंकवादीहरू कश्मीरमा शान्ति र भाइचारा अन्त्य गर्न चाहन्छन्, तर हामी उनीहरूको योजना सफल हुन दिँदैनौं।”
उनले थपे, “हामी विगतका घटनाबारे केही सुराक पाएका छौं र हामी यो नयाँ मामिलाको जाँच पनि गर्नेछौं। प्रहरीले हत्यारालाई चाँडै पत्ता लगाउने पनि उनले बताए।
पाँच दिनअघि पनि दुई जनाको हत्या
यसअघि शनिबार श्रीनगरमा दुई नागरिकको मृत्यु भएको थियो। पहिलो घटना कारा नगर क्षेत्रमा भएको थियो। यहाँ आतंककारीहरूले स्थानीय नागरिक अब्दुर रहमान गुरुलाई गोली हानेका थिए। उनी श्रीनगरको चट्टाबलको गलभान्तेन क्षेत्रका निवासी थिए। शनिबार नै आतंकवादीहरूले श्रीनगरको एसडी कालोनी बटामालुमा एक नागरिकलाई गोली हानेका थिए, उनको अस्पतालमा उपचार क्रममा मृत्यु भएको थियो।