नेकपा (एस) प्रवेश गर्दै भानुभक्त जोशीले भने, “एमालेभित्र आग्रह पूर्वाग्रह बढ्यो”

नेपालभ्युज

नेकपा (एस) प्रवेश गर्दै भानुभक्त जोशीले भने, “एमालेभित्र आग्रह पूर्वाग्रह बढ्यो”

काठमाडौं । नेकपा एमालेमा पुरानै खाल‍े प्रवृत्ति देखापरेको भन्दै एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन्।

उनलाई आज पार्टी अध्यक्ष नेपालले खादा ओढाएर पार्टीमा स्वागत गरे। पार्टी प्रवेश गर्दै जोशीले भने, “म आजैबाट नेकपा एकीकृत समाजवादीमा समाहित भएको छु।”

२०३५ सालमा अनेरास्ववियु पाँचौंबाट राजनीतिक शुरु गरेको भन्दै उनले २०४७ सालमा नेकपा (माले) जिल्ला कमिटी बझाङको संस्थापक सचिव भएको सुनाए। पुराना कम्युनिष्ट नेता पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीबाट आफू प्रभावित भए पनि विगत केही समययता पार्टीको आन्तरिक जीवनमा असहज भएकाले पार्टी छाडेको बताए।

एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विघटन र पार्टी केन्द्रीय कमिटी विघटन गर्ने काम भएको र पार्टीभित्रको समस्या समाधान गर्न दशबुँदे सहमति पनि भएको स्मरण गराउँदै उनले उक्त सहमति कार्यान्वयन नगरिएको प्रति उनले असन्तुष्टि व्यक्त गरे। यसले कार्यकर्ताको मन भाँचिएको र पार्टीभित्र दशबुँदे कार्यान्वयन नभएको र पार्टीभित्र आग्रह-पूर्वाग्रह बढेकाले आफूले एमाले छाडेको उनले बताए।

यसैबीच जोशीलाई पार्टीलाई स्वागत गर्दै अध्यक्ष नेपालले अब केपी ओली सम्पूर्णरूपमा च्युत भएको हेर्न बाँकी रहेको बताएका छन्।

त्यस क्रममा नेपालले भने, “एमालेको भ्रममा बसिरहेकाहरूको त्यो पंतिमा सत्यतथ्य जानकारी गराउनुपर्ने आवश्यकता छ, केपी ओली किन कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेका भन्ने बुझाउनुपर्ने छ। केपी ओलीलाई सुधार्न सकिँदैन, हामी पहिलेदेखि ने यो निष्कर्षमा पुगिरहेकै थियौं।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved