जनमत राम्रो बनाउनेले ठूलाखाले परिवर्तन गरेका छन् -प्रचण्ड

नेपाल भ्युज

जनमत राम्रो बनाउनेले ठूलाखाले परिवर्तन गरेका छन् -प्रचण्ड

काठमाडौं । सामाजिक रुपान्तरणको लागि जनमत सबैभन्दा ठूलो कुरा भएको  जनमत राम्रो बनाउने नै ठूलाखाले परिवर्तन गर्दै जाने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बताए।

आज बिहान एक टीभी च्यानल उद्घाटनका क्रममा प्रचण्डले आफूहरूले भन्दा ठूला ठूला पुँजीपति दलाल र नोकरशाहीले जनतालाई भ्रममा राख्ने काम गरेका तर्क गरे। “उनीहरूले मानिसहरूलाई सच्चाइ बुझ्नेतिर उनीहरू नजाऊन् भनेर इन्टरटेनमेन्टमा रमाऊन रमाऊन् लगाउँछन्। राम्रो विज्ञापन दिने हुन्छन्। राम्रो रूप देखाएर भ्रम छर्छन्,” प्रचण्डले भने, “तर हामी सच्चाइ दिने काम गर्छौं। हामी सामाजिक न्याय किन दिइरहेका छैनौं त्यो काम गर्छौं। मिडियाहरूले यो गर्नुपर्छ।

साथै उनले जनतालाई सच्चाइ दिने र पुँजीपति वर्गले गरेको प्रभाव आज विश्वमा ठूलो लडाईं भएको बताए। भ्रम दिन सक्नु पुँजीपतिको विशेषता भएको भन्दै उनले मिडियाहरूले जनतालाई यो भ्रमबाट मुक्त गर्नुपर्ने बताए।

ठूला ठूला पुँजीपतिले आफ्नो वर्ग स्वास्थका निम्ति त्यही अनुसारको विचार त्यही किसिमको सम्प्रेषण र त्यही किसिमको जनमत निर्माण गर्ने कोशिस गर्ने गरेका उनको भनाइ थियो। श्रमजीवी न्यायप्रेमी र परिवर्तनका पक्षमा काम गर्ने पार्टी संस्था वा यसखालका मिडियाहरूले त्यसरी नै आफ्नो पक्षमा मत निर्माण गर्ने कोशिस गर्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved