अमेरिकामा नेपाली गणितज्ञ तथा तथ्यांकशास्त्रीहरुको कार्यशाला

कार्यशालामा नेपालका विश्वविद्यालय तथा सरकारी निकायमा कार्यरत ३५ जना तथ्यांकशास्त्रीहरु समेत सहभागी भएको कार्यशाला संयोजक डा. मिलन बिमलीले बताए।

नेपाल भ्यूज

अमेरिकामा नेपाली गणितज्ञ तथा तथ्यांकशास्त्रीहरुको कार्यशाला

काठमाडौं। गणित तथा तथ्यांक विधामा भइरहेका विश्वव्यापी अध्ययन तथा अनुसन्धानका बारेमा अमेरिकामा रहेका अध्येता, अध्यापक र अनुसन्धाताहरुबीच २१ दिने अर्चुअल कार्यशाला सम्पन्न भएको छ।

नेपालमा गणित विषयको अध्ययन, अध्यापन र अनुसन्धानलाई अझै उपयोगी र गुणस्तरीय बनाउन आयोजना गरिएको कार्यशालामा नेपालका विश्वविद्यालय तथा सरकारी निकायमा कार्यरत ३५ जना तथ्यांकशास्त्रीहरु समेत सहभागी भएको कार्यशाला संयोजक डा. मिलन बिमलीले बताए।

एसोसिएसन अफ नेप्लिज म्याथम्याटिसियन इन अमेरिकाले आयोजना गरेको कार्यशालामा त्रिभुवन विश्वविद्यालयका पूर्व डीन डा. रामप्रसाद खतिवडा सहित प्रा.डा. विकास सत्याल, डा. गोकर्ण अर्याल, डा. भिखारी थारु, डा. केशव पोख्रेल, डा. राम काफ्ले र डा. मिलन बिमलीले प्रशिक्षण दिएका थिए।

नेपालमा कार्यरत तथ्यांकशास्त्रीहरूलाई आधुनिक प्रविधिसँग साक्षात्कार गराउने तथा नेपाल र नेपाल बाहिर रहेका तथ्यांकशास्त्री र गणितज्ञहरूबीच सहकार्य विस्तार गर्न कार्यशाला सफल भएको एसोसिएसन अफ नेप्लिज म्याथम्याटिसियन इन अमेरिकाका अध्यक्ष डा. केदार नेपालले बताए।

गणित तथा तथ्यांक विधामा देखिएका समस्या तथा समाधानका विषयमा पनि छलफल भएको कार्यशाला संयोजक बिमलीले बताए। सन् २०१० मा स्थापना भएको एसोसिएसन अफ नेप्लिज म्याथम्याटिसियन इन अमेरिकाले स्थापनाकालदेखि नै गणितका कार्यशाला, गोष्ठी र कन्फरेन्स गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved