पाकिस्तानमा ५ दशमलव ७ रेक्टरको भूकम्प, कम्तिमा २० को मृत्यु

पाकिस्तानका विपत व्यवस्थापना महाशाखाका अधिकारीले निधन हुनेको संख्या बढ्न सक्ने बताएका छन्। उद्धार कार्य जारी रहेको बताइएको छ।

नेपालभ्युज

पाकिस्तानमा ५ दशमलव ७ रेक्टरको भूकम्प, कम्तिमा २० को मृत्यु

एजेन्सी। आज बिहान पाकिस्तानमा गएको भूकम्पका कारण कम्तिमा पनि २० जनाको निधन भएको छ। पाकिस्तानो बलुचिस्तान प्रान्तमा गएको ५ दशमलव ७ रेक्टर स्केलको भूकम्पले मानवीयसँगै भौतिक क्षति भएको हो।

पाकिस्तानका विपत व्यवस्थापना महाशाखाका अधिकारीले निधन हुनेको संख्या बढ्न सक्ने बताएका छन्। उद्धार कार्य जारी रहेको बताइएको छ।

सामाजिक सञ्जालमा आएका तस्वीरहरुमा भूकम्पपछि क्वेटा शहरका मानिस सडकमा जम्मा भएका छन्।

प्रारम्भिक रिपोर्टमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प आएको बताइएको हो। सरकारका अधिकारीहरुले भूकम्पसँगै भत्किएका संरचनाका कारण मानवीय क्षति भएको बताएका छन्।

स्थानीय टीभी च्यानलले ३०० भन्दा बढी व्यक्ति घाइते भएको बताउँदै गम्भीर घाइतेलाई अस्पताल लगिएको जनाएको छ। रोयटर्स समाचारमा जनाइए अनुसार निधन हुनेमा महिला र बालबालिकाको संख्या धेरै रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved