सत्ता गठबन्धन

शीर्ष नेताहरू बैठक बस्दै, आजै मन्त्रिपरिषद् विस्तार

शीर्ष नेताको बैठकमा सतारुढ दलले आफ्नो पार्टीको तर्फबाट मन्त्रीहरूको नाम बुझाउनेछन् ।

नेपालभ्युज

शीर्ष नेताहरू बैठक बस्दै, आजै मन्त्रिपरिषद् विस्तार
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन्। प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारका लागि आज (बिहीबार) बिहान ९ बजे शीर्ष नेताहरूको बैठक बोलाएका हुन्।

शीर्ष नेताको बैठकपश्चात् मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा छन् । शीर्ष नेताको बैठकमा सतारुढ दलले आफ्नो पार्टीको तर्फबाट मन्त्रीहरूको नाम बुझाउनेछन् ।

यता देउवालाई कांग्रेसको कोटामा वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई मन्त्रीको नाम तथा कृष्णप्रसाद सिटौलाले एक मन्त्रीको नाम सिफारिस गर्दैछन्। शीर्ष नेताको उक्त बैठक पछि आजै मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ।

सत्तारुढ गठबन्धनमा मंगलबार मन्त्रालयको भागबण्डा टुंगिएसँगै बुधबार सबै दल मन्त्री छान्नका लागि आन्तरिक छलफलमा जुटेका थिए। माओवादी केन्द्रले देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री बनाउने भएको छ भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ।

सिटौला समूहबाट उमाकान्त चौधरीलाई मन्त्री बन्ने पक्का भएको छ। कांग्रेससँग अब थप चार ओटा मन्त्रालयमा सञ्चार, स्वास्थ्य, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय हुनेछ।

दलहरू सरकारमा पठाउने मन्त्री छान्न जुटेका छन्। जसपा र माओवादी केन्द्रमा मन्त्री छान्ने जिम्मा शीर्ष नेतृत्वहरूलाई दिएका छन्। नेकपा (एकीकृत समाजवादी)ले बुधबार अनौपचारिक छलफल गरे पनि मन्त्री आज मात्रै छान्ने बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved