बिहीबार बिहानै देउवाले बोलाए सत्तारुढ शीर्ष नेताको बैठक

बैठकमा सतारुढ दलहरूले आफ्नो पार्टीको तर्फबाट मन्त्रीहरूको नाम बुझाउनेछन् ।

नेपालभ्युज

बिहीबार बिहानै देउवाले बोलाए सत्तारुढ शीर्ष नेताको बैठक
फाइल तस्वीर

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान गठबन्धन दलका शीर्ष नेतालाई बोलाएका छन्। प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारका लागि बिहीबार बिहन ९ बजे शीर्ष नेताहरूको बैठक बोलाएका हुन्।

उक्त बैठक पश्चात् मन्त्रीपरिषद् बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा छन् । शीर्ष नेताको बैठकमा सतारुढ दलहरूले आफ्नो पार्टीको तर्फबाट मन्त्रीहरूको नाम बुझाउनेछन् ।

यता देउवाले कांग्रेसको कोटाबाट दुई मन्त्रीको नाम वरिष्ठ नेता रामचन्द्र पौडेल पौडेल र कृष्णप्रसाद सिटौलाले एक मन्त्रीको नाम सिफारिस गर्दैछन्।

शीर्ष नेताहरूको उक्त बैठक छि भोलि नै मन्त्रीपरिस्द बिस्तार हुने बताइएको छ।

सत्तारुढ गठबन्धनमा मंगलबार मन्त्रालयको भागबण्डा टुंगिएसँगै बुधबार सबै दल मन्त्री छान्नका लागि आन्तरिक छलफलमा जुटेका थिए।   माओवादी केन्द्रले देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री बनाउने भएको छ भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ।

सिटौला समूहबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउने तय भएको हो। कांग्रेससँग अब थप पाएका चार ओटासहित मन्त्रालयमा सञ्चार, स्वास्थ्य, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय हुनेछ।

दलहरू सरकारमा पठाउने मन्त्री छान्न जुटेका छन्। जसपा र माओवादी केन्द्रमा मन्त्री छान्ने जिम्मा शीर्ष नेतृत्वहरूलाई दिएका छन। नेकपा (एकीकृत समाजवादी) ले बुधबार (आज) अनौपचारिक छलफल गरे पनि मन्त्री बिहीबार नै छान्ने बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved