दशैं बिदामा चार घण्टा सर्वोच्च खुल्ने

काठमाडौँ। सर्वोच्च अदालतले दशैं बिदामा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने भएको छ।

सर्वोच्चले बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ गर्ने भएको छ। सर्वोच्चका उपरजिष्ट्रार देवेन्द्र ढकालका अनुसार दशैं पर्वको अवधिका घटस्थापना, शनिबार र विजया दशमीबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ।

घटस्थापनादेखि आगामी कात्तिक ३ गते कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ अनुसार सो अवधिमा बन्दीप्रत्यक्षीकरणका मुद्दाको मात्र सुनुवाइ गर्न लागिएको हो।

सर्वोच्च अदालतको मङ्गलबार बसेको पूर्ण बैठकले दशैं पर्वका अवसरमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने र त्यसका लागि न्यायाधीशहरू तोक्ने निर्णय गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved