कांग्रेस अधिवेशन : ६ सय ५ स्थानीय तहको नतिजा सार्वजनिक, देउवा पक्ष बलियो

नेपालभ्युज

कांग्रेस अधिवेशन : ६ सय ५ स्थानीय तहको नतिजा सार्वजनिक, देउवा पक्ष बलियो

काठमाडौँ। दशैँ अघि देशैभर अधिवेशन सक्ने घोषणा गरेको कांग्रेसले ६ सय ५  स्थानीय तहमा मात्रै अधिवेशन गर्न सफल भएको छ।

बाँकी स्थानीय तहमा अब दशैँ पछि अधिवेशन हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ। अधिवेशन सम्पन्न स्थानीय तहमा सभापति शेरबहादुर देउवा (संस्थापन पक्ष) अगाडि देखिएको छ। अधिवेशन सम्पन्न पालिका र नगरको परिणामअनुसार देउवा पक्षले २ सय ५0 तहमा सभापतिमा निर्वाचन जितेको छ।

त्यस्तै नेता रामचन्द्र पौडेल, सशा‌ंक कोइराला, प्रकाशमान सिंह पक्षले १ सय ८० तहमा सभापति जितेका छन्। सम्पन्न पालिका अधिवेशनमा नेता कृष्णप्रसाद सिटौला पक्षका १६ जना, विजय गच्छदार पक्षका २ जना र विमलेन्द्र निधि पक्षका २ जना निर्वाचित भएका छन्। कुन पक्ष हो भन्ने नखुलेका भने ४९ जना छन।

सम्पन्न अधिवेशन मध्ये प्रदेश १ को १ सय ३६ पालिकामा भएको निर्वाचनमा देउवा पक्षले ६० र पौडेल–कोइराला पक्षले ४९ स्थानमा सभापति जितेका छन्। त्यस्तैगरी प्रदेश १ मा सिटौला पक्षका १३ जना पालिका सभापतिमा निर्वाचित भएका छन।

बागमती प्रदेशमा सम्पन्न ९९ ‌ओटा पालिका अधिवेशनमा देउवा पक्षले ५३ स्थानमा सभापति जितेको छ। त्यस्तै कोइराला र पौडेल पक्षले भने बागमतीमा ३३ स्थानमा सभापति जितेको छ। कतिपयले भने कुनै पनि गुटमा खुलेका छैनन।

गण्डकी प्रदेशको ८५ पालिका मध्ये देउवा पक्षले ३९ स्थानमा जितेको छ। पौडेलको गृह प्रदेश गण्डकीमा उनी र कोइराला पक्षका २७ जनाले पालिकाको सभापतिमा जित हासिल गरेका छन्।

लुम्बिनी प्रदेशको ८८ पालिका अधिवेशनमा पनि देउवा पक्ष अगाडि देखिएको छ। लुम्बिनीमा देउवा पक्ष ३५ स्थानमा सभापति जित्न सफल भएको छ। लुम्बिनीमा पौडेल र कोइराला पक्षका भने २९ जनाले मात्रै सभापति जितेका छन्। कतिपय भने कुन पक्षको भन्ने खुलेका छैनन।

कर्णालीमा अधिवेशन सम्पन्न भएका ६२ पालिका मध्य देउवा पक्षले ३६ स्थानमा जितेको छ। त्यस्तै कोइराला र पौडेल पक्षले भने २६ स्थानमा पालिका सभापतिमा जितेको छ। कर्णालीमा पनि कतिपय निर्वाचित सभापतिहरू कुन पक्षमा हो भन्ने प्रष्ट खुलेका छैनन्।

सुदूरपश्चिम प्रदेशका सम्पन्न १९ पालिका अधिवेशनमा देउवा पक्ष १४ स्थानमा विजयी भएको छ। त्यहाँ कोइराला र पौडेल पक्षले भने ५ ठाउँमा मात्रै जितेको छ। सुदूरपश्चिममा अधिकांश क्षेत्रमा पालिका अधिवेशन हुन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved